g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf] ;+;bLo bnsf] a}7s ;f]daf/ afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निवार्चित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट पारे ।
“सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने– सहज भएर आउनु नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’’
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी उनले दिए । ‘‘शान्ति प्रक्रियाको काम अव लामो समयसम्म राखेर कसैलाई खेल्न दिनुहुदैन’’, उनले भने ‘‘कानूनी संरचना तयार भइसकेकाले अब समुचित ढङ्गले अविलम्ब शान्ति प्रक्रियालाई टुङग्याउने हो ।’’
उनले सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले शान्तिप्रक्रिया टुङ्ग्याउने दुई आयोग सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगका पदाधिकारी सिफारिस गर्नका लागि सिफारिस समितिसमेत गठन गरिने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा सरकारले गरेका राम्रो कामको प्रचार गर्न तथा जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न सांसदसँग उनले आग्रह गरे । आगामी वर्षको नीति र कार्यक्रमका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर फर्कन पनि सांसदसँग अनुरोध गरे ।
२५ वर्षे लक्ष्य बनाइने
प्रधानमन्त्री ओलीले सरकारले २५ वर्षे विकासको लक्ष्य बनाउन थालेको जानकारी दिँदै उक्त लक्ष्यलाई ध्यानमा राखेर समेत योजना ल्याउन सांसदसँग आग्रह गरे । विस्तारै विश्व नै समाजवादतर्फ उन्मुख भइरहेको बेला नेपाल पनि समाजवादको ल्याउन सरकार दृढ छ भन्दै सामाजिक न्यायसहितको समाजवाद ल्याउन दिशामा सरकार क्रियाशील रहेको उनले बताए ।
नेकपाका अध्यक्ष ओलीले पार्टी एकताको कामलाई चाँडै टुङग्याइने समेत बताए । ‘‘हामीले पार्टीको सम्पूर्ण तहको एकीकरण उहिल्यै गरिसक्नुपर्ने थियो । एक महीनामा हुनुपर्ने पार्टी एकीकरणको काम दश महीनामा सकिएको छैन’’, उनले भने ‘‘अब पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँदैछौँ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाबाट आउनेबित्तिकै एकतालाई टुङग्याउछौँ ।’’ उनले भने ।
Related News
सम्बन्धित समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
hero news full width
मुख्य समाचार
हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन बुझाइयो
असाेज ६, २०८०सरकार–शिक्षकबीच सहमति
असाेज ५, २०८०संशोधनसहित वन विधेयक पास : संरक्षित क्षेत्रमा प्रदेशको हस्तक्षेप
असाेज ५, २०८०प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
असाेज ४, २०८०