चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार र पार्टी दुई अध्यक्षले नभएर कमिटीले चलाउनु पर्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार र पार्टी सञ्चालनमा कमिटीमा सरसल्लाह हुन नसकेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यक्तिवादी पार्टी नभएको भन्दै उनले भने “यो जनवादी केन्द्रीयताको सिद्धान्त र समुहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो । एउटा व्यक्ति बिशेष सर्वेसर्वा हुन सक्दैन ।” दुई अध्यक्षप्रति लक्षित उनले थपे “असन्तुष्टिहरुलाई बोलाएर छलफल गरेर विश्वासमा लिनु पर्दछ ।” आलोचित कुराहरु भए त्यसलाई प्रष्ट पार्नु पर्ने बताउँदै उनले त्यसका निम्ति नेतृत्व फराकिलो हुनु पर्ने बताए । नेता नेपालले दुई अध्यक्षले मात्रै सरसल्लाह गरेर नभई कमिटीमा छलफल भएर अघि बढ्नुपर्ने बताए ।
विप्लव समूहमाथिको प्रतिबन्ध लगाउने निर्णय हुनु पहिले पार्टीमा छलफल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने “विप्लवलाई प्रतिबन्ध लगाउने बिषयमा थाहा भएन, पत्रपत्रिका पढेपछि थाहा पाएँ । यस्तो हुनु राम्रो होइन ।” उनले आफुपनि पार्टीको शीर्ष नेतृत्व समुहको सदस्य भएको बताए । उनले गुनासो गर्दै प्रतिप्रश्न गरे “हामी त तलका कार्यकर्ता होईनाै नेता हौं, नेता भएपछि थाहा छैन भन्दा यो कस्तो पार्टी रहेछ भन्ने पर्छ । अब हामी के गर्ने, तमसा हेर्दै बस्ने ?”
विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषय ठिक कि बेठिक भन्ने पत्रकारको प्रश्नमा उनले अपराधिक गतिविधि गर्ने जोकोहिप्रति राज्य निरीह बन्न नसक्ने बताए । उनले भने “राज्य भनेको निरीह संस्था होईन, राज्यलाई कसैले चुनौति दिन्छ भने चुप लागेर बस्ने कुरा हुँदैन ।”
डा. सिके राउतलाई बिखण्डनको बाटोबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले बताए । मन्त्रीमण्डल फेरवदल गर्ने बिषयमा प्रधानमन्त्रीले अहिलेसम्म आफूसँग छलफल नै नगरेको उनले बताए । सरकार विगतका कमीकम्जोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव उनको थियो ।
पार्टीका तल्ला कमिटी र जनवर्गीय संगठनको एकताको प्रसंगमा नेता नेपालले पार्टी अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुंगो लगाईने बताए । पार्टी स्थापना भएको दिन अप्रिल २२ सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नु पर्नेमा नेता नेपालको जोड थियो ।
Related News
सम्बन्धित समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
hero news full width
मुख्य समाचार
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१अध्यादेशको विरोधमा कास्कीका ३५ शिक्षकले दिए सामूहिक राजीनामा
माघ ५, २०८१