पोखरा, ११ चैत । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा दुई शाखा विस्तार गरेको छ ।
घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका छन् शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान दिन आग्रह गरे ।
गुलरीया शाखाको समुद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए । यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा उनको जोड थियो ।
शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधि, व्यापारी, कर्मचारी, समाजसेवीको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको सूचना अधिकृत तिलवहादुर गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
रुपाकोट रिसोर्टले निस्काशन गरेका मजदुरको पुनवर्हाली माग्दै ज्ञापनपत्र
लेखनाथ उवा संघको अधिवेशन २०७८ भदौ १८ र १९ गते
निशान म्यागनाइट गाडी नेपाली बजारमा
नेपाली घ्यू जापानमा लोकप्रिय
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
hero news full width
मुख्य समाचार
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७