अछाम, ११ चैत । मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही–दूध, घीउलगायतका खानेकुरा र होटल सञ्चालक हरिकला तथा उनका श्रीमान् गोरप्रसाद भण्डारीको व्यबहारले सबैलाई मोहित बनाउँछ ।
कुनैबेला गोरप्रसादले चौबीसै घण्टा मदिरा सेवन गर्थे र घरमा आएर झगडामा उत्रन्थे । त्यसरी भताभुङ्ग हुने अवस्थामा रहेको उनको परिवार यतिबेला आर्थिक, सामाजिक र सबै हिसाबले सबल बनेको छ । आठ वर्ष यता गोरप्रसादले मदिरा सेवन चटक्कै छोडेपछि व्यावसायिक रुपमा दम्पती मिलेर सङ्घर्ष गर्दा सबैतिरबाट सफल भएकामा उनीहरु दङ्ग छन् । होटल सँगै डेरी उद्योगसमेत सञ्चालन गरेका हरिकला र गोरप्रसादले मनग्य आम्दानी मात्रै हैन व्यवसायमार्फत जीवनलाई नै कायापलट गरेका छन् ।
विगतका वर्षहरुमा मदिरा सेवन गर्ने गरेकै कारण कलह र कटुतापूर्ण सम्बन्ध रहेको हरिकला र गोरप्रसादको वर्तमान भने व्यावसायिक रुपमा सफल र सामाजिक रुपमा अब्बल छ । यसो हुनुको पछाडि गोरप्रसादले मदिरा परित्यागपछि श्रीमतीसँग मिलेर कडा मेहनत गर्नु नै भएको दुबै बताउँछन् ।
अभाव, दबाब र सामाजिक अपहेलना सँंगै २२ वर्ष अघिदेखि सामान्य रुपमा चिया र खीर बेच्दै गरेका विगतका ती दिन र मदिराविरुद्ध श्रीमानसँग लड्दाका कठिन क्षणहरु सम्झँदै हरिकलाले भनिन् – “पहिले त साह्रै अप्ठेरो थियो, पैसा थिएन, भाँडाकुँडा थिएन । श्रीमानलाई पनि साथ दिने त कता कता, मदिरा सेवन गरेर मलाई र छोराछोरीलाई कुटपिट गर्नु हुन्थ्यो । मैले ठूलो दुःख झेलेकी छुँ ।” मदिराको लतमा लागेर बिग्रिएका श्रीमानलाई सही बाटोमा ल्याउन सबैसँग हारगुहार माग्दै सङ्घर्ष गरेर आफू अघि बढेको हरिकलाले बताइन् । अहिले श्रीमानले मदिरा छाडेको र मिलेर काम गरेपछि आफूहरु सफल भएको हरिकलाको भनाइ छ ।
“श्रीमानले रक्सि छाडेपछि धेरै राम्रो भयो । रक्सि छोडेपछि नै हो हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको ।” उनले भनिन् –नराम्रा कुराका विरुद्ध लडाइँ लडिरह्यो भने एक न एक दिन सफलता मिल्ने हरिकलाको जीवनबाट चरितार्थ हुन्छ । “मेरो विगतको सङ्घर्षको परिणाम स्वरुप आजभोलि सबैबाट प्रशंसा पाइरहेकी छु । व्यावसायिक रुपमा पनि सफल भएकी छँुं । आठ वर्षदेखि श्रीमानले पनि रक्सि छोडेर मलाई डटेर साथ दिएपछि झनै हौसला बढेको छ ।” श्रीमानले रक्सि खाएर सुल्टो कुरा कहिल्यै नगर्ने, छोराछोरी र आफूलाई कुटपिट गर्ने श्रीमानको व्यवहारबाट हरिकला वर्षौंसम्म आजित हुनुप¥यो । हिजो खिसिटिउँरी गर्नेहरु भने आज उहाँका प्रशंसक भएका छन् ।
“मेरो सङ्घर्षको कथा म जस्तै पीडित हुनेहरुलाई पनि भनिरहेकी छुं, महिलाहरुले पनि समाजलाई राम्रो बनाउन सक्छन् भनेर ।
उमेरले ५० वर्ष कटिसकेर पनि श्रीमतीलाई व्यावसायिक रुपमा दरो साथ दिइरहेका गोरप्रसाद अहिले मदिरा खान त परै जाओस् पसलमा आउने ग्राहकले रक्सि शिशीको बिर्को खोलिदिन आग्रह गर्दा पनि खोल्न मान्दैनन । आठ वर्ष यता मदिरा सेवन चटक्कै छोडेका गोरप्रसाद तीन वर्ष यतादेखि त शुद्ध शाकाहारी नै बनेका छन् । “मैले मदिरा छोडेको आठ वर्ष भइसक्यो । अहिले पसलमा कुनै ग्राहकले रक्सिको बिर्को खोलिदिनुस् भन्दा पनि खोल्न सक्दिनँ भन्छुं । नखाने मान्छेलाई बिर्को समेत खोल्न मन लाग्दो रहेनछ ।”
पहिला आफ्नो स्थिति पनि त्यस्तै थियो । खल्तीमा पैसा नहुने, काम नहुने, जाँड खाने यस्तै यस्तै, । तर मदिरा छोडेर काम गर्दा अहिले जमीन आकाशको फरक पाएँ । मलाई आर्थिक, सामाजिक र स्वास्थ्यका हिसाबले निकै फाइदा भएको छ । समाजको पनि अगुवा जस्तै छु । पहिले मसँग कोही सोध्न आउँदैनथे, उनले भने ।
छोराछोरीको पढाइलेखाइ मात्रै नभई होटल र डेरीमा अन्य चार जनालाई भण्डारी दम्पतीले रोजगारी समेत दिएको छ । उनीहरुलाई १५ देखि १८ हजार रुपैयाँसम्म मासिक तलब दिइरहेको गोरप्रसादको भनाइ छ । चार सन्तानमध्ये एक छोरी अनमी पढेर जागीर गर्छन् भने एक छोरी स्टाफ नर्स पढिरहेकी छन् । छोरा बिएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् भने कान्छी छोरी पनि काठमाडौँमा बोर्डिङ स्कूल पढिरहेकी छन् । छोराछोरीको पढाइ खर्च मासिक दुई लाख रुपैयाँसम्म आउने गरेको पनि उनले बताए ।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
hero news full width
मुख्य समाचार
बढ्दै छन् कुष्ठरोग प्रभावित
फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०संसदमाथि सरकार हावी भयो : देवकोटा
मंसिर १६, २०८०केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०