२८ सहजकर्तालाई पुनर्ताजगी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
lamjung

लमजुङ, ११ चैत । लमजुङमा पढाई शिविरका २८ जना सहजकर्तालाई पुनर्ताजगी प्रशिक्षण दिइएको छ ।

पढाई शिविरलाई थप प्रभावकारी र छापामय बनाउन शैक्षिक सामग्री निर्माण कार्यशालाको रूपमा उक्त तीन दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।

पढाई शिविरमा इसिडीदेखि कक्षा– ३ सम्मका बालबालिकाले शनिबारको दिन २ घण्टा पढ्ने गर्दछन् । त्यस्तो शिविरको सञ्चालन गर्ने कार्य आरासिडिसीको शिक्षा परियोजना इकाईले गरेको हो । पढाई शिविरमा एउटा कक्षामा २० देखि २५ जना हुनुपर्ने अवधारणा छ, तर व्यवहारमा १५ देखि ३० जनासम्म रहेको आरसिडिसीका तालिम संयोजक रेणुका ठकुरीले बताइन् । उनका अनुसार प्रशिक्षण अवधिमा पढाई शिविरको अवधारणा अनुसार सहजकर्तालाई पढाई शिविरको कार्य योजना बनाउन लगाउनुको साथै पढाई शिविरलाई थप रोचक र प्रभावकारी बनाउन स्थानीयस्तरका रोचक र ज्ञानवद्र्धक कथा संकलन गर्न लगाउने, शिविरका मुख्य मुख्य क्रियाकलापको पुनर्ताजगी र नमूना अभ्यास गर्न लगाउने गरिएको बताए ।

त्यसका साथमा पढाई शिविरका समस्या र चुनौतिको बारेमा समिक्षा, पढाई शिविर सञ्चालनका लागि अभिभावक, विद्यार्थी, विद्यालय र सहजकर्ताहरूको भूमिकाको पुनरावलोकन गर्ने काम समेत गरिएको ठकुरीको भनाई छ । उनका अनुसार जिल्ला शिक्षा समन्वय इकाईको समन्वयमा उक्त तािलम सञ्चालन गरिएको हो । पढाईसँग सम्बन्धित विषयवस्तुलाई चित्रका माध्यमले बालबालिकालाई आकर्षण गर्नका लागि कक्षा कोठाको ८० प्रतिशत भागलाई छापामय बनाउनु पर्छ भन्ने अवधारण छ । त्यसै अवधारणको कार्यान्वयन गर्नका लागि यो तालिम दिइएको उनको भनाई छ । उत्साहजन रुपमा तालिम सम्पन्न भएको उनले उल्लेख गरिन् ।

लमजुङका तीन पालिकामा रहेका विभिन्न १० विद्यालय अन्तरग एक विद्यालयमा २देखि ५ वटासम्म पढाई शिविर सञ्चालन गरिएको छ । शिविरको सञ्चालन पछि बालबालिकामा सिकाईको स्तर निकै बृद्धि भएको पाइएको सुन्दरबजार नगारपालिका– ६ को खहरे स्थित विद्याज्योति माविका प्रधानाध्यापक सूर्य केसीले बताए । सो प्रशिक्षणमा सहभागी २८ जनामा २ जना पुरुष थिए । सो प्रशिक्षणका सहभागीहरूले कक्षा सञ्चालनमा देखिएका द्विविधा तथा केही अन्योलको स्थितिलाई सहज बनाउनु तालिमबाट मद्दत मिलेको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width