लमजुङ, ११ चैत । लमजुङको राइनास नगरपालिकाद्वारा चालु आवमा ५० लाख ६४ हजार राजस्व संकलन गरिएको छ । यो रकम गत आवको यसै अवधिको तुलनामा १२ लाखले बढी हो ।
चालु आव २०७५÷७६ को फागुन मसान्तसम्मको अवधिमा कूल ५० लाख ६४ हजार पाँच सय ८१ रुपैयाँ राजस्व संकलन गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए । उनका अनुसार चालु आवमा ९२ लाख राजस्व संकलनको लक्ष्य राखिएको छ । हालसम्म ५५ प्रतिशत प्रगति देखिएको छ । यो वर्ष हामी लक्ष्य हासिल गर्न सक्छौं भन्ने लागेको थापाले बताए ।
गत आव २०७४÷७५ को अवधिमा ४४ लाख ७५ हजार राजस्व संकलनको लक्ष्य राखिएकोमा वर्षभरमा जम्मा ४४ लाख मात्र राजस्व संकलन हुन सकेको नगरपालिकाका उपमेयर धनकुमारी गुरुङले बताइन् । उनका अनुसार गत आवको फागुन मसान्तसम्ममा ३८ लाख ७३ हजार ६९ रुपैयाँ राजस्व संकलन भएको थियो । पहिलो वर्ष भइको हुँदा अनुभवको पनि कमी रह्यो यो वर्षको लक्ष्य पुरा गर्न सक्छौं भन्ने आजसम्मका गतिविधिबाट विश्वास जागेको उनको भनाई छ ।
Related News
सम्बन्धित समाचार
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग
सुनकाे मूल्य १७०० ले घट्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
hero news full width
मुख्य समाचार
सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७रूपाकाे स्यास्त्रीमा अब दैलो छेवैमा सिटामोल जोहो
फागुन २१, २०७७फेदीखोलामा मजदुरलाई परिचयपत्र
फागुन २१, २०७७सरकार–विप्लव सहमति : प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्ने
फागुन २०, २०७७