फाइल फाेटाे
गल्याङ, ११ चैत । स्याङ्जामा आइतबारदेखी सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जामा एक सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
परीक्षा समन्वय समितिका अनुसार ५१ जना छात्रा र ५० जना छात्र परीक्षामा सहभागी हुन सकेनन् ।रजिष्ट्रेसन फर्म भरेका कुल विद्यार्थी संख्या ५ हजार ८ सय ३० मध्ये ५ हजार ७ सय ३८ जना उपस्थित भएको परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए । उनका अनुसार उपस्थित छात्रा २ हजार ९ सय ५५ र छात्र २ हजार ७ सय ८३ रहेका छन् जिल्लाभर ३३ वटा परीक्षाकेन्द्र तोकिएको छ ।
गतबर्षमा एसएलसी र एसईई परीक्षा एउटै विद्यालयको भवनमा सञ्चालन गरिदै आएका थिए तर, यसबर्ष भने विगतमा परीक्षा केन्द्रहरु राखिएका विद्यालयहरु फेरबदल भएका छन् । परीक्षा समन्वय समितिका अनुसार जिल्लाका एघार वटै स्थानीय तहअन्तर्गत संचालन गरिने परीक्षा केन्द्र यसबर्ष फेरिएको छ ।
प्रत्येक बर्ष एउटै विद्यालयमा परीक्षा संचालन गर्दै आउदा कतिपय विद्यालयका भवन जीर्ण हुदै गएका कारण जोखिम बढेको र केन्द्र तोकिएका भवन, कक्षाकोठा अपुग भएका कारण यसबर्ष परीक्षा केन्द्र फेरिएको समितिका अध्यक्ष निरौलाले जानकारी दिए ।
त्यसै गरि स्याङ्जाको भानुभक्त आचार्य माध्यमिक विद्यालयमा विद्यालयका प्रअ तथा केन्द्रनध्यक्ष रामकान्त पाठकले विद्यार्थीलाई बालमैत्री वातावरणमा परीक्षा दिन आग्रह गर्दै आफूले परीक्षाको नियम परिधिभित्र रहेर परीक्षा दिन समेत आग्रह गरे।
उनका अनुसार जानकी माध्यमिक विद्यालय, गण्डकी माध्यमिक विद्यालय, शिशुकल्याण माध्यमिक विद्यालय ,बज्रे भञ्ज्याङ माध्यमिक .विद्यालय, आदर्श आवासीय माध्यमिक विद्यलाय , गल्याङ भूपू सैनिक माध्यमिक विद्यालय , शिवालय मध्यमिक विद्यालयका गरि २२० जना विद्यार्थीहरु मध्य १ जना अनुपस्थित भएको कुरा बताए ।
त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ स्थित चिराग आवासीय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा आठ जना विद्यार्थी अनुपस्थित भएका ।
जस मध्य ५जना ग्रेटवृद्विका र ३ जना नियमित तर्फका गरि ८ जना रहेको चिराग आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल एवम् परीक्षा केन्द्रका केन्द्राध्यक्ष टेक बहादुर खत्रीले जानकारी दिए ।
सो केन्द्रमा गल्कोट माध्यमिक विद्यालय, ज्ञानोदय माध्यमिक विद्यालय, नरोदय माध्यमिक विद्यालयका गरि १८४ जना विद्यार्थीले परीक्षा दिएको कुरा खत्रीले बताए ।उनले भने शान्त वातावरणमा आफूले जानेका कुरा कुनै सङकोच नमानी लेख्न विद्यार्थीलाई आग्रह गर्दै उज्वल भविश्यको कामना समेत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बराहडाँडा प्राविको भवन निर्माण
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०