अफगानिस्तानमा नौ जना लडाकू मारिए

रासस
चैत्र ११, २०७५
afghanistan1

अस्सादाबाद, ११ चैत । अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ ।

सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ । भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् ।

अफगानिस्तानमा सक्रिय यी दुबै समूहले खासगरी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेपनि दुबै पक्षबीच बिरलै झडप हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width