गलेश्वर, ११ चैत । हिमपातका कारण डेढ महीनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ, देउराली, लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करीब दुई फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको धौलागिरि गाउँपालिकाका प्रवक्ता तथा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
“करीब डेढ महीनादेखि पटकपटक हिउँ परेपछि बाटो अवरुद्ध भएको थियो ।”, छन्त्यालले भने “पैदलयात्री, खाद्यान्न ढुवानी र खच्चड आवतजावत गर्न समस्या भएपछि स्थानीयले दुई दिनसम्म श्रमदान गरेर बाटो खुलाएका हौँ ।”
हिउँ पन्छाएर बाटो खुलाएपछि पैदलमार्गमा अब कुनै समस्या नरहेको उनले बताए । लुलाङ र गुर्जाको सिमानामा पर्ने देउरालीमा करीब चार फिट हिउँ जमेर हिँड्न नसक्ने भएपछि स्थानीयले वैकल्पिक मार्ग बनाएका थिए तर, त्यो मार्ग पनि जोखिमयुक्त भएपछि बन्द गरिएको थियो ।
चट्टानजस्तै हिउँ नपग्लिँदा गुर्जाबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम बेनी आउने स्थानीयले गुर्जाबाट मुदीको अर्चे हुँदै मुनातर्फ जाने गरे पनि सो बाटा पनि अत्यन्त जोखिमपूर्ण रहेकाले समस्या भएको थियो । गुर्जामा एउटै बस्तीमा करीब ३०० घरधुरीको बसोबास रहेको छ ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बराहडाँडा प्राविको भवन निर्माण
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०