खैरेनीटार महोत्सवको ८० प्रतिशत स्टल बुकिङ

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
mela dhungesanghu_Fotor

खैरेनीटार, १० चैत। चैतको २२ गतेदेखि तनहुँमा शुरु हुने खैरेनीटार महोत्सवको ८० प्रतिशत स्टलहरु बुकिङ भएको जनाइएको छ।

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार ईकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा एघारौं खैरेनीटार महोत्सव हुँदैछ। वैशाखको ३ गतेसम्म सञ्चालन हुने महोत्सवका ८० प्रतिशत स्टलहरु बुकिङ भइ सकेको मूल संयोजक पूर्णबहादुर कायस्थले दिए। महोत्सवमा २ सय स्टल रहने जनाइएको छ।

महोत्सवका निदेर्शक समुन्द्रराम श्रेष्ठले महोत्सव अवधिभर ४ करोड ५० लाख बराबरको आर्थिक कारोवार र २ लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा रहेको बताए। बबबताए।

Related News

सम्बन्धित समाचार

hero news full width