पोखरा, १० चैत।रानाभाट तथा भाट समाज पश्चिमाञ्चल क्षत्रीय कार्यक्रमको शनिवार एक समारोहबीच उद्घाटन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सुवेदार बलबहादुर रानाभाट र समाजका संस्थापक क्षेत्रीय अध्यक्ष तोयबहादुर भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि सु. बलबहादुर रानाभाटले समाजको पहिचानका लागि निरन्तर लाग्न आवश्यक भएको धारणा राखे।
विगतमा आफूँले पाँच रुपैयाँ उठाएर अधिवेशन गरेको स्मरण गर्दै समाजसेवाको इतिहास जीवन्त बन्नका लागि लामो समय लाग्ने भएकाले यात्राका सहयात्रीलाई खुट्टा नकमाउन पनि उनले आग्रह गरे।
संस्थापक क्षेत्रीय अध्यक्ष तोयबहादुर भट्टराईले संस्था स्थापनापछि निस्क्रिय रहेतापनि पुनर्जागगरण २०६५ पछि समाजको गरिमा र गौरव बढेको बताए।
भट्टराईले भाडाको कोठाबाट सामाजिक गतिविधि थालेको संस्थाको करोडौंको सुविधा सम्पन्न भवन देख्दा हर्षानुभूति भएको बताउँदै समाज निर्माणको सपना देख्ने व्यक्तिले नै सपना साकार पार्ने भएकाले सभ्य समाज निर्माणको सपना देख्न सबैलाई आग्रह गरे।
कार्यक्रममा गोर्खा जिल्ला अध्यक्ष रामबहादुर रानाभाटले समाजको कार्यक्रममा १३ वर्षपछि सहभागी भएको बताउँदै क्षेत्रीय गतिविधिलाई सहज तुल्याउन समाजघरले सहायता पुग्ने धारणा व्यक्त गरे।
संस्थापक कोषाध्यक्ष कृष्ण रानाभाट, सहसचिव असफल गौतम, सदस्य चम्फा रानाभाट, नरेन्द्र रानाभाट, केन्द्रीय सदस्य ठाकुर रानाभाट, जग्गादाता ओमराज बञ्जरा, संस्थाका अध्यक्ष राजेन्द्र रानाभाट, बुद्धीजीवी परिषद्का संयोजक राजेन्द्र रानाभाट, संस्थाका वरिष्ठ उपाध्यक्ष ई. सुरज रानाभाट, सचिव बलराम रानाभाट, सहकोषाध्यक्ष अमृत रानाभाट, सदस्य ज्यो. रुद्र रानाभाट, कास्की जिल्ला अध्यक्ष रमेश रानाभाटलगायतले बोलेका थिए। सोही समारोहबीच संस्थाको कार्यालय सञ्चालनका लागि संस्थाका पदाधिकारी तथा शुभेच्छुकले आर्थिक सहयोगसमेत गरेका थिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय दिवसमा पर्वतीय महोत्सव
आदर्शको रक्तदानमा ७४ युनिट रगत संकलन
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०