आन्तरिक पर्यटन प्रवद्र्धनमा लेखनाथ हार्डवेयर व्यवसायी

एजेन्सी
चैत्र ११, २०७५
Lekhnath Hardware Association 1 (1)

पोखरा, १० चैत। लेखनाथका संगठित हार्डवेयर व्यवसायीहरु शुक्रवार सार्दीखोला पुगेका हुन्। लेखनाथ हार्डवेयर एशोसिएसनको आयोजनामा करिव ४० को संख्यामा रहेका हार्डवेयर व्यवसायीसहितको टोली पर्यटन प्रबद्र्धनका लागि त्यहाँ पुगेका थिए।

आन्तरिक पर्यटन प्रवद्र्धनसंगै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष विजय गुरुङले जानकारी दिएका छ्न्। एशोसिएसनभित्रका व्यवसायीबीच भाइचारा कायम गर्ने उद्देश्यले सार्दीखोलाको अवलोकन गर्न पुगेको उनले बताए।

हार्डवेयर व्यबसायीहरु धेरै वैदेशिक यात्रामा जाने चलनलाई चिर्दै एशोसिएसनले यसअघि लमजुङको घलेगाउँ, कास्कीको ल्वाङघलेल र पोथना पुगिसकेको छ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेन्द्र ओझाको संयोजकत्वमा एशोसिएसनको भवन निर्माण समिति गठन गरिएको छ। समितिले केही समयमा तदर्थ समिति चयन गरेर भवन निर्माण गर्न पहल गर्ने अर्का सल्लाहकार सुदेव गुरुङले बताए। उक्त कार्यक्रममा नयाँ हार्डवेयर व्यवसायी रामकृष्ण खनाल, राजु रिमाल र शरण नेपालीलाई एशोसिएसनमा स्वागत गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width