हेमजास्थित माछापुच्छ्रे सेवा समाजको नवनिर्वाचित समिति सपथ ग्रहण गर्दै। तस्विरःआदर्श समाज
हेमजा, १० चैत। पोखरा–२५, हेमजास्थित माछापुच्छ्रे सेवा समाजको शनिवार सम्पन्न दोस्रो अधिवेशनले पुनः युवराज दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले समितिको उपाध्यक्षमा झुलकुमारी क्षत्री, सचिवमा बाबुराम सुवेदी, कोषाध्यक्षमा कृष्णकुमारी दहाल, सहसचिवमा कृष्णराज पोख्रेल तथा सदस्यहरुमा कपिलमणि अधिकारी, रामचन्द्र दाहाल, चुडामणी भण्डारी, मायाँ गौतम, खिममाया अधिकारी र एकुराज गौतमलाई चयन गरेको छ। उक्त भेलाले रामचन्द्र दाहालको संयोजकत्वमा १७ सदस्यिय सांस्कृतिक उपसमिति पनि गठन गरेको छ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिनाले समाजले छोटो समयमा धेरै सामाजिक कार्य गरेको चर्चा गर्दै भजन कीर्तनका क्षेत्रमा पनि समाजले उल्लेखनीय कार्य गरेको भनाई राखे। समाज हेमजाकै प्रतिष्ठाको विषय भएका औँल्याएका अध्यक्ष तिम्सिनाले समाजका गतिविधिमा वडाले पनि साथ दिने प्रतिबद्घता जनाएका थिए।
माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडीले महिला सशक्तिकरणमा जोड दिँदै समाजले अंगिकार गरेका निती तथा कार्यक्रमले महिलाहरुमा उत्साह जगाएको भनाई राखिन्।
त्यस अवसरमा समाजका सल्लाहकारहरु गोपाल गिरी, बासुदेव दवाडी र दुर्गाभक्त सापकोटा, सदस्य महेश्वर दवाडी, कृष्णराज सुवेदी तथा कपिलमणि अधिकारीले पनि भनाई राखेका थिए।
समाजका अध्यक्ष दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव बाबुराम सुवेदीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७