पहारी कुल संरक्षण समितिको अक्षयकोष

एजेन्सी
चैत्र ११, २०७५
pahari_Fotor

पोखरा, १० चैत। पहारी कुल संरक्षण समितिले होली पर्व अवसरमा शुभकामना साटासाटसँगै उदाहरणीय काम गरी पर्व मनाएको छ।

सहभागी पहारी बन्धुहरूले आपसमा शुभकामना आदानप्रदानसहित पहारीहरूको हितका लागि अक्षयकोष स्थापनाका लागि रकमसमेत संकलन गरे। समिति अध्यक्ष गोविन्दराज पहारीले समितिको अक्षयकोषमा ५ लाख ५४ हजार ६ सय ५१ रुपैयाँ जम्मा भएको जानकारी दिए।

अक्षयकोषमा अध्यक्ष आफैले १ लाख १ हजार राखेका छन् भने महेश्वर पहारीले १ लाख र बासु पहारीले ५१ हजार दिए।

समितिको कोषमा जमुनादेवी पहारी, विश्वराज पहारी र नारायण पहारीले समान ५१ हजार दिएका छन्।

दुर्गादेवी पहारीले र हरिकला पहारीले पनि बराबर ५० हजार कोषलाई दिए। दीलमाया पहारीले २५ हाजर ५ सय र गोविन्दबहादुर पहारीले २५ हजार रुपैयाँ सहयोग गरेका छन्।

Related News

सम्बन्धित समाचार

  • माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाको बैठक झण्डै ७० दिनपछि बुधबार बस्यो । बैठकमा पहिलोपल्ट माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैशियतमा रह्यो…
  • मन्त्री थापाको १०० दिन

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कांग्रेस नेता विन्दुकुमार थापाले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । गत १६ जेठमा…
  • दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा

    प्रकाश ढकाल भाद्र २०, २०८१
    तीन तहको सरकार बनेपछि संघ सरकारले आफूमातहत कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटनपटन गर्न कर्मचारी समायोजन ऐन बनायो । प्रदेशमा…
  • संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक…
  • गण्डकी सरकारमा एमाले इन, मनाङे आउट

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । गण्डकी सरकारमा नेकपा (एमाले) प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई…

hero news full width