चार घर जलेर नष्ट

rss रासस
चैत्र ११, २०७५

इनरुवा, ११ चैत । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ ।

आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

जालमा परेर छ वटा गोही मरे

४५ अर्ब बराबरको औषधि कारोवार

पुरुषतर्फको ह्याण्डबल प्रतियोगिता शुरु

कावासोतीमा वम विस्फोट, ठाउँठाउँमा वम आतंक

गाउँपालिकाको कार्यालयमा बम विष्फोट

प्रमुख समाचार

संचारकर्मीको धर्ना कायमै

थप प्रमुख समाचार