पोखरा, १० चैत । सहारा क्लब पोखराद्वारा पोखरा १७ स्थित दोबिल्लामा रहेको सहारा एकेडेमीमा आश्रित १० जना बालक २०७५ सालको एसइईको परीक्षामा सहभागी भएका छन ।
एकेडेमीमा आश्रित २८ जना मध्ये १० जना परीक्षमा सहभागी भएका हुन । परीक्षमा शिशिर क्षेत्री, कुशल बुढा मगर, प्रवेश गुरुङ, कमल सुमाई मगर, सन्दीप क्षेत्री, शेखर भेटाल, निरज बिक, सुष्मान दुरा, निश्चल भण्डारी र सन्देश गुरुङ रहेका छन ।
उनीहरु सबै पोखरा– ३३ स्थित शिशु कल्याण माविमा अध्ययनरत छन । उनीहरुको केन्द्र भण्डारढिक स्थित जनप्रकाश उच्च मावि रहेको सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकालीले बताए ।
उनीहरुले सोमवार पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भएका छन । सामवारदेखि सुरु भएको एसइर्ई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी छन् ।
गण्डकी प्रदेशबाट ४८ हजार ६३ सहभागी रहेका छन । देशभर बाट दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय पुस्तक नीति महत्वपूर्णः शिक्षामन्त्री
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
विभेद न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका
पाेखराकाे मारबाडी सेवा भोजनालयलाई २ लाख जरिवाना
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको २ करोड, कांग्रेस र एमालेले दिए ५० लाख
hero news full width
मुख्य समाचार
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१प्रधानन्यायाधीशमा राउत नियुक्त
असाेज २०, २०८१दशैँको बेला च्याङ्ग्राको व्यापार
असाेज २०, २०८१