उर्लाबारी, १० चैत । मोरङको सुन्दरहरँैचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतवार बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो । माइक्रोबसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए ।
दुर्घटनामा माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएकाले उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ । चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए ।
Related News
सम्बन्धित समाचार
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
लम्पी स्किनबाट पीडित किसानलाई राहत
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०