महिलाले बनाए पदमार्ग

रासस
चैत्र ९, २०७५
River-04062017081734-1000×0
  •  गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, विवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो निर्माण ।
  •  उनका अनुसार डेढ मिटर चौडाइ भएको पदमार्ग निर्माणमा नौ लाख ६३ हजार ८७० खर्च ।
  • सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ ।

म्याग्दी, ९ चैत । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा महिलाको नेतृत्वमा पदमार्ग निर्माण गरिएको छ । महिलाले नाचगान गरेर जुटाएको पैसा परिचालन र श्रमदान जुटाएर पदमार्ग बनाएका हुन् ।

जनजागृति आमा समूहको नेतृत्वमा दोसल्ले गाउँभरि ढुङ्गाको सिढीसहितको पदमार्ग निर्माण गरिएको छ । करीब १० लाखको लगानीमा एक किलोमिटर पदमार्ग निर्माण गरिएको समूहकी सदस्य मायादेवी पाइजाले बताइन् । उनका अनुसार डेढ मिटर चौडाइ भएको पदमार्ग निर्माणमा नौ लाख ६३ हजार ८७० खर्च भएको छ । पदमार्ग निर्माण उपभोक्ता समितिमा पदाधीकारी र सदस्य सबै महिला छनु

गाउँपालिकाले एक लाख ९८ हजार अनुदान उपलब्ध गराएको पदमार्ग बनाउन आमा समूहको कोषमा रहेको तीन लाख ५८ हजार ९३० र चन्दाबाट थप तीन लाख ६० हजार ४४० जुटाइएको छ । ४३ घरधुरीले ४६ हजार ५०० बराबरको श्रमदान गरेका छन् । गाउँमा आउने लाहुरेलाई स्वागत, किरिया, विवाह, छेवारमा नृत्य देखाएर कोषमा जम्मा गरेको पैसा खर्चेर बाटो बनाएको पाइजाले बताइन् । आर्थिक स्रोत र श्रमदान जुटाउन महिलाले नै नेतृत्व गरेका थिए ।

उनीहरुले यसअघि पनि रघुगङ्गा गाउँपालिकाको तिप्ल्याङदेखि दोसल्लेसम्म दुई किलोमिटरभन्दा बढी घोडेटो बाटो बनाएका थिए । सिँढीसहितको पदमार्ग बनेपछि भिरालो बाटोमा चिप्लिएर लड्ने, दुर्घटना हुने जोखिम घटेको छ । बालबालिका र वृद्धवृद्धाले पनि सजिलै हिँड्डुल गर्न पाएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा क्रस कन्ट्री दौड तयारी

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा आगामी २४ कात्तिकमा तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीन…
  • दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट

    आदर्श समाज सम्वाददाता असाेज २२, २०८१
    पोखरा । दशैँतिहार अवसरमा होटल संघ पोखरा नेपालमातहत होटलमा ३० प्रतिशत छुट पाइने भएको छ । संघले पाहुना अभाव भएको…
  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • साहित्यकार शकुनको कृति चर्चा

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि…

hero news full width