पाल्पा, ९ चैत । माथागढी गाउँपालिका–३, कसेनी गाउँका ५११ घरमा पानीका धारा जडान गरिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । एक घर एक धारा जडान गरेसँगै खानेपानीको वर्षौदेखिको खाने पानीका लागि घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउन समयमा पढ्ने अवसर मिलेको छ ।
कसेनीका ५०८ घर, दुई विद्यालय र एक संस्थामा ५११ धारा जडान गरिएको हो । ७२ लाख ७१ हजार आर्थिक सहयोग र २१ लाख बराबर उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष टीकाराम रानाले बताए ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र सामाजिक स्रोत विकास केन्द्र नेपालको प्राविधिक सहयोगमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीय बासिन्दा खानेपानी समस्या हटेपछि गाउँले खुशी भएका हुन् ।
बजार क्षेत्रमा साँझ, बिहान पानी धारामा आउने र अन्य ग्रामीण क्षेत्रमा दिनभर पानी धारामा छाड्ने गरेको अध्यक्ष रानाले बताउनुभयो । पानी बोक्ने समय अन्य काम गर्न पाएपछि महिला र बालबालिकाको कार्यबोझ कम भएको छ ।
विसं २०७३ असार १५ गतेदेखि शुरु भएको आयोजना २०७५ जेठमा सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ । खानेपानीको सुविधा पाएपछि घरभित्र र बाहिर सरसफाइमा परिर्वतन आएको छ ।
पानी वितरण तथा मर्मतसम्भारका लागि तीन जनालाई ग्रामीण मर्मत सम्भारकर्ता राखिएको छ । पानीको उपभोग गरेवापत न्यूनतम खानेपानी उपभोक्ता समितिलाई मासिक रु ५० तिर्नुपर्ने व्यवस्था मिलाइएको सामाजिक स्रोत विकास केन्द्र नेपालका निर्देशक चोपलाल गिरीले बताए ।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०