धनगढी, ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।
यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो । भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पु¥याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए । हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ
Related News
सम्बन्धित समाचार
देउसीभैलोमा रमाए पर्यटक
दाईजो स्वरूप गाउँ नै दिने प्रथा
पोखरामा भाइटीका महोत्सव
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
लोप हुँदै मखमली फूल’
hero news full width
मुख्य समाचार
आजदेखि छठ पर्व सुरु
गण्डकीमा कहाँकहाँ घुम्ने ?
कार्तिक १९, २०८१मनाइँदै भाइटीका
कार्तिक १८, २०८१तिहारलाई लक्षित गरी एक लाखको फूल बिक्री
कार्तिक १८, २०८१तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
कार्तिक १७, २०८१कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह
कार्तिक १७, २०८१