धनगढी, ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४ मा एक हप्ताअघि हर्कबहादुर भण्डारीको हत्या घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडीको दशरथचन्द नगरपालिकाका ४५ वर्षीय भण्डारीको हत्या घटनामा संलग्न कञ्चनपुर जिल्ला देखतभूली गाउँका २४ वर्षीय पुन्टु भनिने गणेश भाट र कैलाली जिल्ला गोदावरी नगरपालिकाका २३ वर्षीय गोविन्द आउजीलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।
यही चैत २ गते गोदावरी नगरपालिका–४ को खैराना गाउँ जाने सडकमा टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको अवस्थामा भण्डारीको शव फेला परेको थियो । भण्डारीको साथमा रहेको रकम लुट्नका लागि खैराना जङ्गल छेउको सडकमा पु¥याएर निजको हत्या गरिएको हुनसक्ने प्रहरी उपरीक्षक तिम्सिनाले बताए । हत्या गर्नुअघि स्थानीय बस बिसौनी नजिकको एक होटलमा उनीहरुले सँगै मदिरा सेवन गरेको बताइएको छ
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७