श्रद्धाञ्जलि सभा तथा राहत रकम हस्तान्तरण

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
rip

बाग्लुङ, ९ चैत । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलङले शेयर सदस्य महेन्द्र बहादुर कार्कीका पिता र तारा कुमारी कार्कीका ससुरा बाबाको निधनप्रति दुख व्यक्त गर्दै श्रद्वाञ्जलि सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका– तितौरे निवासी गंगा बहादुर कार्कीको फागुन २९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), संस्थाका सल्लाहकार तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापा, पूर्व उर्जा राज्य मन्त्री रामजी प्रसाद शर्मा, बागलुङ नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष ध्रव बहादुर के.सीले संस्थाको नियम अनुसार सेयर सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने ५ हजार दरले दुई जनाको १० हजार रुपैया परिवारका सदस्य छोरी कृष्णा कुमारी थापालाई हस्तान्तरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गल्याङमा छोरी जन्मे खातामा ५ हजार

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    गल्याङ । गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद ५ हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ…
  • गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    स्याङ्जा । गल्याङ नगरपालिकाका मेयर गुरुप्रसाद भट्टराईले भोलिको गल्याङ र मुलुक निर्माण गर्ने अभियानमा सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए…
  • पोखराको नयाँबजारमा व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८०
    पोखरा ।  पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा…
  • गाउँमा सवा करोड लागतमा ३४५ धारा

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८०
    पोखरा । क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा घरघरै खानेपानीका धारा निर्माण गरिएका छन् । गाउँमा ३ सय ४५ वटा धारा निर्माण…
  • वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । कर्मफ्लाइट्सद्वारा एडुटेक नेपालको सहकार्यमा वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब स्थापना गरी हस्तान्तरण गरिएको छ । ढोरपाटन–९, सुकुरदुङस्थित…

hero news full width