टनेल वितराणवारे स्थानीयले पोखे गुनासो

एजेन्सी
चैत्र ९, २०७५
tanel

पोखरा, ९ चैत । अन्नपूर्ण गाउँपालिका कृषिशाखाले वितरण गरेको २ सय ५० टनेल मध्ये अनुगमनका क्रममा १ सय वटा मात्रै भेटिएपछि वास्तबिक कृषकले गुनासो गरेका छन् ।

सामुदायिक वनका अध्यक्ष बुद्धि बहादुर कुंवरले आवश्यकताको आधारमा भन्दा पनि चिनेजानेको आधारमा टनेल वितरण गर्ने परिपाटीले गर्दा समस्या आएको बताए ।

मानवअधिकार निगरानी समुह ढिकुरपोखरीको बैठकमा बोल्दै अध्यक्ष कुँबरले अन्य टनेल कहाँ कुन अवस्थामा रहेका छन् भन्ने वारेमा अनुगमन गर्न समेत माग गरेका छन् ।

मानवअधिकार निगरानी समूहका संयोजक चर्तुमान विश्वकर्माले मानवअधिकार निगरानी समुहले उठाउँदै आएका स्थानीयका समस्यालाई सम्बोधन गर्न गाउँपालिकालाई आग्रह गरे । कार्यक्रमको उद्धेश्य सहित स्वागत कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यक्रम अधिकृत सवनम शर्माले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width