चापाकोटमा आदिवासी जनजातिलाई उद्घोषण तालिम

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५
pokhara 23

पोखरा, ९ चैत । पोखरा– २३ का आदिवासी जनजातिलाई उद्घोषण तालिम प्रदान गरिएको छ ।

वडा नं. २३ को सहयोगमा आदिवासी जनजाति समन्वय समिति वडा नं.२३ द्धारा आयोजित तीनदिने तालिमको वडाका कार्यबाहक अध्यक्ष भरतराज भण्डारीले शुक्रवार उद्घाटन गरेका छन् ।

तालिमको शुभारम्भ गर्दै भण्डारीले जनजातिको बोली ठाँउमा पुग्न नसकिरहेको अवस्थामा उद्घोषण तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै आदिवासी जनजाति समन्वय समितिका अध्यक्ष रनबहादुर रानाले विगतदेखि आदिवासी विभेदमा पारिदै आएकाले अब समान अधिकार पाउनुपर्ने बताए । समितिका उपाध्यक्ष धनबहादुर गुरुङले आदिवासी जनजातिहरु कसै अन्याय सहदैनन, अब गोरे बहादुर खपाङ्गी, डा.हर्क गुरुङ, डा.महावीर पुन जस्तो बन्नुपर्ने बताए । ३५ जना सहभागी रहेको तालिमको सहजीकरण हुमबहादुर गुरुङ, रुद्र श्रीस मगरले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width