सहायक प्रधानाध्यापक पहारीको विदाई

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७५

पोखरा, ९ चैत । पोखरा–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बद्रीनाथ पहारीलाई विदाई गरिएको छ ।

चालीस ४० वर्षदेखि निरन्तर अध्यापन गराउँदै आएका पहरीले २०३९ सालदेखि विज्ञान र गणित विषय पढाउनुका साथै विद्यालय व्यवस्थापन समितिको सदस्य, मानविकी संकायको प्रमुख, सूचना अधिकारी लगाएतका महत्वपुर्ण पदमा रही जिम्मेवारी समाल्दै आएका थिए ।

विदाई कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, विव्यस सदस्यहरु राधिका योगी, देवराज आचार्य र रीता सुवेदी, विद्यालयका प्रधानाध्यापक लक्ष्मण थापा, पूर्व अध्यक्ष श्रीराम सुवेदी, मानविकी संकाय प्रमुख खेमराज वराल, तहगत संयोजकहरु लक्ष्मी देवकोटा, विजया सुवेदी, पूर्व शिक्षिका तारा काफ्ले, विद्यार्थी सूचना रिजाल र अन्जना सुवेदीले वोलेका थिए ।

विव्यस अध्यक्ष झपिन्द्र राज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक डिल्लीराम शर्माले र संचालन व्यवस्थापन तथा विज्ञान संकाय प्रमुख मेघनाथ पौडेलले गरेका थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पोखराका तीन स्थानमा बम भेटियो, सैनिक नायक घाइते

ट्याक्टर दुर्घटनामा महिलाको मृत्यु

सहयोगको अपील

प्रमुख समाचार

दीगो विकासमा पानीको महत्व

थप प्रमुख समाचार

संचारकर्मी गिरी साधारण तारेखमा रिहा

४५ अर्ब बराबरको औषधि कारोवार