दमौली, ८ चैत । जातीय भेदभाव गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–३ माझकोटका चेतबहादुर मल्ल र गीता पौडेल रहेका छन् ।
गत फागुन ३० गते सोही ठाउँमा भएको विवाह भोजमा जातीय भेदभाव गरेको आरोपमा प्रहरीले उनीहरुलाई शुत्रलवार पक्राउ गरेको हो । उनीहरुले विवाहमा खाना खाने समयमा भान्सामा छिरेको भन्दै भिमाद नगरपालिका–६ का सुकबहादुर परियारलाई दुव्र्यवहार गरेका थिए । टाढै बसेर खानुपर्ने भन्दै भान्सामा पुगिसकेको अवस्थामा जातीय भेदभाव गरेको पीडितले बताए ।
पीडक दुवैविरुद्ध जातीय भेदभाव तथा छुवाछूत कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब निरीक्षक मनोज पाण्डेले जानकारी दिए । आफूमाथि विभेद गरिएको भन्दै परियारले दलित समन्वय समिति भिमाद नगरपालिकामा जानकारी गराएपछि समितिले पीडकलाई कानूनबमोजिम कारवाहीका लागि पहल गरेको समितिका अध्यक्ष बाबुराम सुनारले बताए ।
भिमाद नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका सुनारले जातीय रुपमा हुने अधिकांश घटना मिलापत्रमा मात्र सीमित गर्न खोजेपछि छुवाछूतको घटना झन मौलाएको बताए ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
बिरामी बाेकेकाे जिप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते
फागुन १४, २०७७कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
फागुन १३, २०७७पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७