पर्वत, ९ चैत । अवैधरुपमा बिक्रीका लागि मुस्ताङको जोमसोम लैजान लागिएको २०० किलोभन्दा बढी कुखुराको मासु नष्ट गरिएको छ ।
कास्कीको पोखरास्थित जिरो किलोमिटरबाट जोमसोम लैजान लागिएको ६ बोरा ब्रोइलर कुखुराको तयारी मासु पर्वतको मोदी गाउँपालिका–६ स्थित पोखरा–बागलुङ सडकको डिमुवा बजारबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कास्कीमा बर्डफ्लुको सङ्क्रमण फैलिएका बेला बिना परीक्षण र बिना बिल भर्पाइ ना६ख ७१८० नं को बसमा राखेर लगिँदै थियो । सो मासु मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ र स्थानीय प्रहरीचौकीका इञ्चार्ज कृष्णबहादुर नेपालीको रोहवरमा नष्ट गरिएको छ ।
मकवानपुर, चितवन, काठमाण्डौ, कास्कीलगायत जिल्लामा बर्डफ्लु भेटिएपछि पर्वतलगायत धौलागिरि क्षेत्रमा कुखुरा आयातमा प्रतिबन्ध लगाइएको छ । सङ्क्रमणबाट जोगाउन कुखुरा आयातमा प्रतिबन्ध लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०