लमजुङ, ८ चैत । यस वर्ष हुने एसईई परीक्षामा सहभागी छात्राहरूको रजस्वला समस्यालाई ध्यानमा राख्दै केन्द्रमा सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड पु¥याइएको छ । जिल्लाका १८ वटै परीक्षा केन्द्रमा सेनेटरी प्याड पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ लमजुङले जनाएको छ ।
गएका वर्षमा सरकारी तथा गैरसरकारी सहयोगको अप्रत्यक्ष सहयोगमा तत्कालीन शिक्षा कार्यालयमार्फत परीक्षा केन्द्रमा सेनेटरी प्याड पु¥याइएको थियो । कतिपय केन्द्रमा परीक्षा आधा भएपछि मात्रै सेनेटरी प्याड पुग्ने गरेको थियो । यस वर्ष सरकारको सहयोगबाट उत्तरपुस्तिकासँगै परीक्षा केन्द्रमा सेनेटरी प्याड पु¥याइएको हो ।
यस वर्ष निजी २१ विद्यालय समेत कुल एक सय विद्यालयका २ हजार ९ सय ९० परीक्षार्थीले एसईई दिने भएका छन् । त्यो संख्याको ५४ प्रतिशत अर्थात् १ हजार ६ सय १४ छात्रा रहेको अनुमान छ । तीमध्ये १५ देखि २० प्रतिशत छात्राका लागि परीक्षाको समयमा सेनेटरी प्याडको आवश्यक पर्ने अनुमान गरिएको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार त्यही संख्यालाई आधार मानेर गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २० हजार रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट सेनेटरी प्याड खरिद गरी सबै परीक्षा केन्द्रमा पठाइएको रेग्मीले जनाकारी दिए ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशको मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा सेनेटरी प्याडका लागि बजेट उपलब्ध गराएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
विप्लव समूहसँग वार्ताको तयारी
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७