बुटवल ८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मध्यमागबाट संम्बृद्धिको शुरुवात भएको बताएका छन् ।
उनले पूर्वपश्चिम राजमार्गको विस्तारसंगै रेलमार्गको निमार्णलाई पनि तीव्रता दिने बताए । उनले मध्य नेपालबाट देशको पूर्व र पश्चिम तर्फ सडक र रेल दुवै निमार्णको थालनी भएको दावी पनि गरे ।
रूपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेजको कार्यालय शुभारम्भ तथा पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडक विस्तार आयोजनाको शिलन्याश गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले अव देशका नागरिकले रोगी भएर बस्न नपर्ने र पुर्वाधार विकास नभएको गुनासो गर्न नपर्ने पनि बताए । कार्यालय शुभारम्भ पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापना पछि यस क्षेत्रका प्रतिभाशाली विद्यार्थीले यहीबाट स्तरीय मेडिकल शिक्षा हासिल गर्ने बताए ।
प्रधानमन्त्री ओलीले शान्ति क्षेत्रका रुपमा परिचित लुम्बिनीबाट देशको सम्बृद्धिको कार्य थालनी भएको पनि बताए । उनले अन्तराष्ट्रिय विमानस्थलका अन्तिम चरणमा रहेको र अव वर्षमा लुम्बिनीमा २० लाख पर्यटक आउने आश्वासन दिए ।
देश विकास र सुशासनको वाटोमा अघि बढेकोले अब कसैले बम पड्काउने काम पनि सरकारलाई मान्य नहुने प्रधानमन्त्रीको भनाई छ । कार्यक्रममा बोल्दै नेकपाका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीकोको नेतृत्वमा देशको सम्बृद्धि शुरु भएको र अव प्रतिपक्षी दलहरुसग पनि सहकार्य हुने बताए ।
प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले शुरुमा प्रधानमन्त्रीका विकास र योजनाका कुरालाई हवामा उडाएर मजाक गर्नेहरुलाई अहिले तथ्याङक पेश गरेपछि जवाफ मिलेको बताए ।
बुटवल मेडिकल कलेजले उत्साह
बुटवल मेडिकल कलेज रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ र ८ मा रहेको सरकारी जग्गामा निर्माण हुने छ । उक्त मेडिकल कलेजका वन क्षेत्र अन्तर्गतको झण्डै २ सय बिघा जमीनको स्वामित्व मेडिकल कलेजका नाममा हस्तान्तरण भइसकेको छ।
हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीति अनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो।
स्थापना हुने कार्यालयले मेडिकल कलेज स्थापनाका लागि इआइए, गुरूयोजना निर्माणलगायतका कामहरु गर्नेछ ।
३ सय शैय्याको अस्पताल सहितको कलेज निर्माणमा करिब १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।
सुरूमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने मेडिकल कलेजको अस्पताललाई तीन वर्षसम्म सञ्चालन गरिने र अस्पताल सञ्चालन भए पछि मात्र एमबिबिएस पढ्ने विद्यार्थीको भर्ना लिइने छ।
बुटवल नारायणगढको समय छोटिने
पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड चार लेन बनाउन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७२ सालमा तयार पारेको रणनीतिक योजना २०७३–०७८ अनुसार पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइनेछ ।
बुटवल–नारायणगढ सडकको १ सय १३ किलोमिटर सडक ३ वर्ष्भित्र चार लेनको बनाउने आयोजनाका पश्चिम खण्ड प्रमुख सुरेश न्यौपानेले जानकारी दिए । उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै रु १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।
बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले रु ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले रु ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताए ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१