स्ववियु सर्बोदय क्याम्पसद्वारा बिद्यार्थीलाई बिदाई

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७५
Sarvodaya-Secondary-School-Baglung.JP

बाग्लुङ, ८ चैत । बागलुङ जिल्ला बरेङ गाँउपालिकाको बरेङ बजार स्थित सर्बोदय क्याम्पमा अध्ययनरत स्नातक तह चौथो बर्षका विद्यार्थीलाई स्ववियु क्याम्पस इकाईले बिदाई गरेको छ ।

क्याम्पसको प्राङगणमा शुक्रवार सम्पन्न कार्यक्रममा क्याम्पसको स्नातक प्रथम, द्वितीय र तृतीय बर्षमा अध्यानरत बिद्यार्थीले चौथो बर्षका बिद्यार्थीलाई बिदाई गरेका हुन् ।

बिदाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख फूलकुमारी शर्माले बिद्यार्थीको उज्वल शैक्षिक भबिष्यका लागि क्याम्पसले सदैव पहल गरिरहेकाले अध्ययनको शिलशीलामा अन्य शैक्षिक संस्थाहरुमा गएर पनि क्याम्पसको प्रतिष्ठालाई उचो राख्न बिद्यार्थीलाई सुझाइन् ।

रेडियो बिहानीका स्टेशन को–अर्डिनेटर प्रकाश छन्त्याल, क्याम्पसका शिक्षण सहायक ओम बहादुर पुन, बिद्यार्थीको तर्फवाट रिमा शर्मा, बिशाल गुरुङ र मनिषा घर्तीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने बिक्रम पौडेल, निर्मला पुन, ज्योति थापा, अनु पुन र दील कुमारी पुनले बिदाई मन्तव्य ब्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width