पोखरा, ८ चैत । भरतपोखरी विकास मञ्चको आयोजना एवम् वडा शिक्षा समिति, पोखरा महानगरपालिका वडा नं ३३ को सहयोगमा शुक्रवार आयोजित कार्यक्रममा स्थानीय आवश्यकता अनुसारको शिक्षाको मार्गचित्र हुनुपर्नेमा जोड दिइएको छ ।
‘संघीय शासन प्रणालीमा विद्यालय शिक्षा, स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियामा वक्ताहरूले संविधानप्रदत्त अधिकार बमोजिम स्थानीय तहबाट बन्दै गरेका शिक्षा नीति दीर्घकालिन सोचका साथ बनाइनुपर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सिंहदरबारका अधिकार स्थानीय तहमा आइसकेका अवस्थामा अब काम नगर्ने छुट नभएको उल्लेख गर्दै आवश्यकता र व्यवहारका आधारमा शिक्षा नीति तयार गरी बढ्नुपर्ने बताए ।
नेपाल हरेक दृष्टिबाट सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उहाँले उपलब्ध साधन स्रोतको पहिचान र अधिकतम उपयोग गर्दै सुखी नेपाली समृद्ध नेपालको लक्ष्य हासिल गर्नुपर्ने बताए ।
‘प्रदेशको विद्यालय शिक्षा कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. अशोक थापाले स्थानीय तहले दीर्घकालिन योजना र स्थानीय आवश्यकताका आधारमा शिक्षालाई सफल कार्यान्वयनको दिशामा अगाडी बढाउनुको विकल्प नभएको जानकारी दिए ।
स्थानीय सरकारलाई दिएको अधिकारको सही कार्यान्वयन हुन सके यसले सकारात्मक प्रभाव पार्ने र शिक्षा क्षेत्रले सही फड्को मार्न सक्ने उहाँले उल्लेख गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएका अवस्थामा आवश्यकता र औचित्यता समेतलाई दृष्टिगत गरी शिक्षाको विकासमा जुट्नुपर्ने बताए । संविधान दिएको अधिकारको कार्यान्वयनमा खुट्टा कमाउन नहुनेमा उनले जोड दिए ।
अनेरास्ववियुका कार्यबाहक केन्द्रीय अध्यक्ष रश्मी आचार्यले राम्रो शिक्षा नीति नहुँदा त्यसले समग्र समाज एवम् राष्ट्रलाई प्रभावित गर्ने बताउँदै समाजको आवश्यकतालाई उजागर गर्ने गरी शिक्षा नीति आउनुपर्ने धारणा राखे ।
देशमा उत्पादकत्व बृद्धि गर्दै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यलाई हासिल गर्न सक्ने किसिमको शिक्षा बर्तमानको आवश्यकता भएकोमा उनको जोड छ ।
वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका अध्यक्ष शिवप्रसाद आचार्यले शिक्षण संस्थाहरू एक अर्कामा दोषारोपण गर्न भन्दा पनि कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ त्यस तर्फ लाग्नु पर्ने बताए ।
विद्यालयहरू विद्यार्थी संख्या बढाउने मात्र नभै कसरी गुणस्तरीयता बढाउन सकिन्छ त्यस तर्फ केन्द्रित बन्नुपर्ने उनको भनाइ छ ।
शिक्षा र समाज एक अर्कामा अन्तरसम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले समाजलाई चेतनशिल बनाउँदै शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।
भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले शिक्षाको विकासका लागि सकारात्मक बहसको सुरुवात गर्ने लक्ष्यका साथ अन्तरक्रिया आयोजना गरिएको बताए ।
सबैको सामूहिक प्रयासबाट मात्रै शिक्षाको विकास सम्भव भएको उल्लेख गर्दै उनले पोखरा ३३ भित्र प्राविधिक शिक्षा सञ्चालनमा सामूहिक प्रयास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा भरतपोखरी विकास मञ्चका महासचिव गणेशप्रसाद ढकाल, वडा शिक्षा समितिका सदस्य यज्ञप्रसाद अधिकारी, सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, स्रोत व्यक्ति हेमराज आचार्य, मञ्चका कोषध्यक्ष गोविन्द गौतम, श्रीधर पौडेल, मोहनलाल भण्डारी, श्रीधर आचार्य, लगायतले स्थानीय तहबाट बन्ने शिक्षा नीति स्थानीय आवश्यकता एवम् औचित्यता समेतका आधारमा हुनुपर्नेमा जोड दिदै यसका लागि सामूहिक प्रयास आवश्यक हुने उल्लेख गरे ।
कार्यक्रममा भरतपोखरी जन्मस्थान भै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका डा. अशोक थापा र राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पुजा भण्डारीलाई मञ्चका तर्फबाट सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१