वैदेशिक रोजगार विभागका नासु घुससहित पक्राउ

rss रासस
चैत्र ८, २०७५

काठमाडौँ, ८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाएर डरधम्की देखाई सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ ।

नासु फुयाँलले सेवाग्राहीसँग ६० हजार घुस लिएर जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिई केही समयपछि उनै खड्कासँग उक्त घुसबापतको रकम लिँदै गर्दा उनीहरु दुवै जनालाई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित सापकोटा मिठाइ भण्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

संचारकर्मी गिरी साधारण तारेखमा रिहा

दीगो विकासमा पानीको महत्व

जालमा परेर छ वटा गोही मरे

४५ अर्ब बराबरको औषधि कारोवार

पुरुषतर्फको ह्याण्डबल प्रतियोगिता शुरु

प्रमुख समाचार

दीगो विकासमा पानीको महत्व

थप प्रमुख समाचार

संचारकर्मी गिरी साधारण तारेखमा रिहा

४५ अर्ब बराबरको औषधि कारोवार