जगत्गुरुको नागरिक अभिनन्दन तयारी अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७५
54233785_555703701625294_2052121067492737024_n_Fotor

पोखरा, ७ चैत। आद्य जगत्गुरु रामानन्दाचार्य पद विभूषित महायोगी सिद्वबाबा श्री १००८ डा श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा गरिने नागरिक अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको छ।

नागरिक अभिनन्दन मूल समारोह समितिले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिको व्यवस्थापनमा चैत्र ९ गते पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यक्रम गरी उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। अभिनन्दनका लागि कास्कीका धार्मिक संघ संस्थाहरु सामूहिक रुपमा जुटेका छन्।

कृष्णदास महाराजले व्यक्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पुर्याएकोमा उनको नागरिक अभिनन्दन गर्न लागिएको हो।

‘अभिनन्दनको तयारी अन्तिम चरणमा पुगेको छ,’ मूल समारोह समिति संयोजक शुक्रराज शर्माले भने, ‘कार्यक्रमलाई सभ्य र भव्य बनाउने गरी तयारी गरेका छौं।’

उनले कृष्णदास महाराजबाट आशीर्वाद दिलाएर मानवीय जीवनमा सकारात्मक परिवर्तन ल्याउने सहयोग पुर्याउने उद्देश्यले सार्वजनिक रुपमा अभिनन्दन गर्न लागिएको बताए। संयोजक शर्माले साधकबाट प्राप्त हुने सहयोगबाट नै कार्यक्रम खर्च जुटाइएको स्पष्ट पारे। ‘यो कार्यक्रमका लागि कही कतैबाट चन्दा वा दान संकलन गरेका छैनौं,’ उनले भने, ‘साधनहरुबाट प्राप्त सहयोग नै पर्याप्त छ।’ उनले पोखरामा कृष्णदास महाराजलाई अभिनन्दन गर्न पाउनु दीव्य अवसर भएको बताए।

नागरिक अभिनन्दनअघि कृष्णदास महाराजलाई बाजागाजा र धार्मिक झाँकी सहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइने छ।

नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि शुरु हुने रथयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, सभागृहचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्र पुग्ने छ। प्रदर्शनी केन्द्रमा उनको नागरिक अभिनन्दन गरिने प्रचार प्रसार संयोजक नवीन सिग्देलले जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश प्रमुख बाबुराम कुँवर, विन्ध्यवासिनी मन्दिरका पिठाधीश्वर श्री १००८ स्वामी निशेषानन्द महाराजजी, सेना, प्रहरी, आमा समूह, धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता रहने छ।

पत्रकार सम्मेलनमा नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अध्यक्ष महेश पराजुली, सचिव धर्मराज बराल (भोला) र मूल समारोह समिति सहसंयोजक रामचन्द्र पौडेलले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…
  • ‘लोकतन्त्रविरोधी आन्दोलनको भविष्य छैन’

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । लोकतन्त्रविरोधी आन्दोलनको भविष्य नभएको शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिए । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार…
  • प्राडा रामचन्द्रलाई नाट्यचार्य सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । नेपाल नाट्यअनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान प्राप्त भएको छ । असमेली नेपाली नाट्यसम्मेलन सन् २०२३…
  • पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ सहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ…
  • लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८०
    पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् ।…

hero news full width