महायज्ञमा विहीवार प्रमुख अतिथिको भूमिकामा उपस्थिति प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी बीचमा। तस्वीर : आदर्श समाज
पोखरा, ७ चैत। प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले मानिसले आफ्नो धर्मसंस्कृति बिर्सन नहुने बताएका छन्।
चिउली पाचे तमु समाजको आयोजनामा बुधबारदेखि सुरु श्रीमद्भागवत् महापुराण ज्ञानमहायज्ञ – २०७५ को दोस्रो दिन विहीवार प्रमुख अतिथिको मन्तव्यका क्रममा उनले सो कुरा बताएका हुन्।
उनले चिउली पाचे तमु समाजले महायज्ञ आयोजना गरेर पुण्य काम गरेको भन्दै प्रशंसा समेत गरे। सो अवसरमा पूर्व मन्त्री अधिकारीले महायज्ञमा १० हजार रुपैयाँ दान गरेका छन्।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सभासद् मीन गुरुङले महायज्ञको सफलताको कामना गर्दै आफू र धर्मपत्नी रमाकुमारी गुरुङको नाउँमा १० हजार रुपैयाँ दान दिए।
महायज्ञमा विहीवार पोखरा ११, माछापुच्छ्रे टोल निवासी बलबहादुर गुरुङले १ लाख ३ हजार रुपैयाँ दान दिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ। समाजका उपाध्यक्ष समेत रहेका गुरुङको पुरानो घर सिक्लेस हो। सो रकम उक्त दिनको सबैभन्दा ठूलो दान रकम हो।
महायज्ञका प्रमुख वाचक भागवताचार्य युवासन्त रोहितराज महाराज (गुरुङ) रहेका छन्। संगीतमय शैलीमा प्रवचन दिएका उनले विहीवार विशेषगरी बुद्धधर्म र कलियुगको बारेमा जानकारी दिएको महायज्ञ सल्लाहकार मोति गिरीले जानकारी दिए। कार्यक्रम संचालन महायज्ञ सल्लाहकार मोती गिरी र संचारकर्मी देवीजंग गुरुङले संयुक्त रुपमा गरेका थिए।
शुक्रबार समाजका सदस्य एवं महायज्ञ सल्लाहकार भूपू ब्रिटिस आर्मीका डब्लुओटु समाजसेवी गमबहादुर गुरुङको प्रमुख आतिथ्य रहने महायज्ञ मूलआयोजक समिति संयोजक कणेर्ल कमानसिंह गुरुङले जानकारी दिए।
महायज्ञमा भागवत् कथा सुन्न उल्लेख्य संख्यामा मानिसको उपस्थिति हुने गरेको छ।
पोखरा – १२, चापापानीस्थित समाजको आफ्नै समाजघरमा शुरु महायज्ञ चैत १२ गतेसम्म चल्नेछ।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
बराहडाँडा प्राविको भवन निर्माण
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०