पोखरा, ७ चैत। गण्डकी प्रदेश सांसद एवं राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष मीना गुरुङलाई पोखरामा विहीवार सम्मान गरिएको छ।
व्युटीसियन क्षेत्रमा आवद्ध महिलाहरुलाई एकीकृत गरी सांगठनिक रुपमा विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको योगदानको उच्च कदर गर्दै युनियनले आफ्नो १२ औं स्थापना दिवस अवसरमा पोखरामा उनलाई सम्मान गरेको हो।
प्रमुख अतिथि नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष विनोद श्रेष्ठ, नेकपाका केन्द्रिय सदस्य चूडामणि जंगली, जिफन्ट महासचिव जनक चौधरी, युनियनका अध्यक्ष सुमन गुरुङ लगायतले सांसद गुरुङलाई दोसल्ला ओढाउँदै सम्मानपत्र साथमा मायाको चिनो प्रदान गरेका थिए।
तीन दशकदेखि निरन्तर व्युटीसियन क्षेत्रमा आवद्ध गुरुङले सांसदवापत तलब भत्ता समेत सामाजिक सेवामा लगाउँदैआएकी छन्। उक्त अवसरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जनक चौधरीलाई समेत सम्मान गरिएको थियो। पञ्चेबाजासहित स्वागत गरिएको उक्त कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा जिफन्ट अध्यक्ष श्रेष्ठले महिलाहरुको हकहितको लागि एक भई अघि बढ्न आग्रह गरे। श्रमिकहरुको सामाजिक सुरक्षा, तलब भत्ता अझै पनि धेरै ठाउँमा श्रमिकहरुले नपाएको गुनासो आएकोले कार्यान्वयनमा जोड दिए। व्युटिसियन व्यवसाय राष्ट्रियमात्रै होइन अन्तराष्ट्रियस्तरमा समेत व्यापक बन्दै गएकोले पेशालाई परिस्कृत र सेवामुखी बनाउनुपर्ने बताए।
नेकपाका केन्द्रिय सदस्य जंगलीले ब्युटीसियन पेशालाई ट्रेड युनियनमा आवद्ध भएपछि आफ्नो हकअधिकार प्राप्तिमा अगाडि बढेको बताए।
सम्मानित व्यक्तित्व गुरुङले सशस्त्र द्वन्द्वकालमा यो पेशा अमर्यादित हो भनी घृणा फैलाउनेहरुले अहिले यो पेसाप्रति सम्मान प्रकट गरेको बताइन्। जिफन्ट उपाध्यक्ष समेत रहेकी उनले विगत स्मरण गर्दै भनिन्, “त्यो बेलामा हामी ब्यूटिसियन संगठित नभएको अवस्था थियो। हामीले चन्दा पनि दिनुपर्दथ्यो र हाम्रो पेशालाई नराम्रो पनि भन्ने गरिन्थ्यो।” जिफन्टमा आवद्ध भएपछि सौन्दर्यकर्मी पेशाले सम्मान पाएको सांसद गुरुङले बताइन्। सो अवसरमा जिफन्ट महासचिव जनक चौधरी, ब्रम्हकुमारी विश्वविद्यालयकी ब्रम्हकुमारी अप्सरा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री, युनियन पूर्व अध्यक्ष पम्फा पहारीलगायतले ब्युटीसिएन पेशा स्वरोजगार श्रमिक भएकोले ब्यवसायीको कित्तातर्फ जान नहुने बताए।
युनियन केन्द्रीय अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गण्डकी प्रदेश अध्यक्ष नूरु गुरुङ र संचालन युनियनका केन्द्रीय महासचिव पवि गुरुङले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७