बागलुङ, ८ चैत । पुस्तान्तरण नहुँदा लोप हुने खतरा बढेपछि मगर भाषा संरक्षण प्रयास अघि बढाइएको छ । बडिगाड गाउँपालिकाले युवापुस्तालाई लक्षित गरेर निःशुल्क मगर भाषा कक्षा सञ्चालन गरेको हो । भाषा कक्षा चलाउन गाउँसभाले चालू आवमा २५ लाख बजेट छुट्याएको थियो ।
गत वैशाखदेखि शुरु भएको भाषा कक्षामा गाउँपालिकाका २२ मगर युवाले मातृभाषा सिकिरहेका छन् । “आफ्नो भाषा जोगाउनुपर्छ भन्ने सोचले पढ्न आएकी हुँ”, रणसिंहकिटेनीकी हिरा रानामगरले भनिन् “सिकाइ उपलब्धिमूलक भइरहेको छ ।”
नेपालमा बोलिने तीन मगर भाषामध्ये गण्डकी प्रदेशमा प्रचलित ‘मगर ढुट’ को पढाइ भइरहेको प्रशिक्षक आशबहादुर थापामगरले बताए । “प्रशिक्षार्थीले लेख्न, बोल्न र मगर भाषाको लिपिका बारेमा सिकिरहनुभएको छ”, उनले भने –थापामगर भाषा सिकाउनकै लागि तनहुँदेखि बागलुङ आउनुभएको हो ।
प्रशिक्षार्थीले शुरुमा मगर भाषाको शब्द–शब्द सिकेपछि वाक्य बनाउन जानेका थिए । नेपाली बाह्रखरीलाई मगर भाषामा उल्था गर्दा छिटो सिकिएको प्रशिक्षार्थी रानामगरको भनाइ छ । लेख्न, पढ्नभन्दा भाषालाई बोलीचालीमा प्रयोग गर्न बढी गाह्रो हुने गरेको उनको अनुभव छ ।
मगर बाहुल्य बस्तीमै भाषा हराएपछि संरक्षण अभियान चलाउनुपरेको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए । “अहिले सिकिरहेका प्रशिक्षार्थीलाई योग्य बनाएर गाउँगाउँमा मगर भाषा सिकाउने योजना छ”, उनले भने ।
आफ्नै भाषा, संस्कृति भएन भने समुदायको पहिचान नै गुम्ने अध्यक्ष पाइजाको भनाइ छ । अध्यक्ष पाइजा स्वयम पनि मगर समुदायको भएकाले मगर भाषा संरक्षणमा पहल गरेका छन् । बडिगाडमा मगर समुदायको बसोबास रहेपनि मगर भाषा बोलीचालीबाट हराएको छ ।
बडिगाड मात्रै नभएर जिल्लाका अधिकांश मगर बस्तीमा मगर भाषा प्रचलनमा छैन । बाउबाजेका पालादेखि नै मातृभाषा बोल्न छाडिएको मगर अगुवाहरु बताउँछन् । नयाँ पुस्तामा भाषाको ज्ञान हस्तान्तरण नहुँदा र अन्य भाषाको बढ्दो प्रभावले मगर भाषा सङ्कटमा परेको बताइन्छ ।
जिल्लाको निसीखोला गाउँपालिकाका केही मगर बस्तीमा मात्र मगर खाम भाषा बोल्ने गरिन्छ । मगर ढुट भाषा तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासीलगायतका जिल्लामा बढी प्रचलित छ । मगर खाम भाषा रोल्पा, रुकुम, प्यूठानलगायतका जिल्लामा बोल्ने गरिन्छ । मगर काइके भाषा भने डोल्पा जिल्लामा मात्र प्रचलित छ । भाषा कक्षा यही चैत मसान्तमा सकिने गाउँपालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
लोककवि अलि मियाँको स्मरण
सुरेश बडालको ‘रहर’ लोकार्पण
रवीन्द्र मिश्रको नयाँ पुस्तक फागुन अन्तिम सातादेखि बजारमा आउने
कृष्णदीपको उपन्यास ‘सेकुवा’ माथि चर्चा
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७