इराकमा डुंगा डुब्दा ९२ जनाको मृत्यु

एजेन्सी
चैत्र ८, २०७५
TigrisRiver

काठमाडौं, ८ चैत । इराकको मोसुल शहरस्थित टिगरिस नदीमा डुंगा डुब्दा कम्तिमा ९२ जनाको मृत्यु भएको छ । इराकको स्वास्थ्य मन्त्रालयले ९२ जनाको शव प्राप्त भएको र अन्य व्यक्तिहरु वेपत्ता रहेको जानकारी दिएको बताइएको छ ।

डुंगामा २ सय जनाभन्दा बढी सवार थिए । उनीहरु सबै घुम्नका लागि एक पर्यटकीय आइल्याण्डमा जाँदै थिए तर यी कसैलाई पनि पौडिन आउँदनथ्यो ।

त्यहाँ स्थित जिम्मेवार अधिकारीहरुले नदीमा पानीको बहाव बढेको भन्दै पहिल्यै चेतावनी जारी गरेका थिए । अधिकारीहरुका अनुसार मोसुल बाँधको ढोका खोलिदिएका कारण जलस्तर बढेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width