गरिमा बैंकको शाखा ललितपुरमा

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
p 8

पोखरा, ७ चैत । गरिमा विकास बैंक लिमिटेडले विहीवार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका हुन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७२ शाखा र १७ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय खोल्दैछ । विकास बैंकले आर्थिक वर्ष २०७५ चैत्र ६ गते सम्म रु.२८ अर्ब ७५ करोड निक्षेप संकलन गरी रु.२५ अर्ब १५ करोड कर्जा लगानी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width