मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

rss रासस
चैत्र ७, २०७५
Gandaki-Medical-College-2-01032019084502-1000×0

काठमाडौँ, ७ चैत । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा विहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ ।

जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिबीच विहीवार सिंहदरबारमा वार्ता भएको थियो ।

सो विषयमा कारवाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए ।

गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानूनी कारवाहीको सवाल भएकाले तालाबन्दी खुलेपनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाएका छन् ।

Related News

सम्बन्धित समाचार

    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु

      rss रासस फागुन १६, २०७७
      चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा…
    • प्युठानमा सुत्केरीको मृत्यु

      rss रासस फागुन १६, २०७७
      प्युठान । प्युठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने…
    • खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव अवसरमा खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको…
    • म्याग्दीमा पालिका र वडा थप्ने निर्णय

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      म्याग्दी । रघुगंगाको गाउँसभाले पुस १५ गते रघुगंगा नदीबाट पारिका भूगोल समेटेर थप नयाँ गाउँपालिका बनाउन अनुरोध गर्ने निर्णय ग¥यो ।…

    hero news full width

    sanil ads

    wordlink ads