पर्वत, ७ चैत । कुश्मा नगरपालिका—१४ आर्थरको जैसीरुम्टाका २८ वर्षीय गणेश पौडेलले २७ महिना कतारमा बिताए । धन कमाउँला र परिवारसँग रमाउँला भन्दै कतार पुगेका पौडेल २७ महिनामै नेपाल फर्र्किए ।
उनले कतारमा काम गर्दै गदा आफ्नै देशमा केही गर्ने सोँच वनाए, विदेशमा गर्ने मेहनत आफ्नै वारीमा गरेभने परिवार ढुक्कैसँग पाल्न सक्छु भन्ने आत्मवल उनमा वढ्यो, उनी नेपाल फर्केर घरमै कुखुरा पालन र तरकारी खेती सुरु गरे, साँझ विहान मेहनत गरे दिनप्रतिदिन उनको आम्दानी वृद्धि हुदै गयो केही महिनामा नै उनको आम्दानी विदेशमा आर्जन गर्ने रकमको दोब्वर हुन पुग्यो ।
आम्दानी वृद्धिसँगै उनको दैनिकी तालिका नै फेरिएको छ । विहानदेखि बेलुका अबेरसम्म उनको हात खाली हुँदैन । कामले उनलाई फुर्सद हुँदैन । अण्डा एकै ठाउँमा जम्मा पारेर बजारमा पठाउनु, फ्रेस आउसमा मासु काट्नु उनको नियमित काम बनिसकेको छ । उनको यो दैनिकी भने विदेशी भूमिमा बगाएको पसिनाले सिकाएको पाठ हो ।
पौडेलले आठ वर्षदेखि कुखुरापालन गर्दै आएका थिए । तर मनमा विदेश पुगेपछि रातरात सम्पन्नशाली हुन्छु भन्ने उनमा आशा पलायो त्यसपछि उनी कतार हानिए । कतारमा उनले हेल्परको काम पाए । तर उनले त्यहाँ यति धेरै मिहिनेत गर्नुप¥यो जति उनले नेपाल छँदा गरेका थिएनन्। विदेशी भूमिमा बगाएको नेपाली पसिनाप्रति उनलाई पश्चात्ताप लाग्यो। उनी २७ महिनाको कतार बसाइपछि नेपाल फर्किए।
‘त्यहाँ पुगेर त्यति धेरै मिहिनेत गर्नुपर्ने रहेछ, त्यतिकै काम यहाँ गर्ने हो भने त त्यहाँभन्दा दोब्बर कमाई घर परिवारसँगै बसेर हुन्छ भन्ने लागेर नै कतारबाट फर्किएको हुँ’ गणेशले भने ।
उनले कुखुरा पालनका साथै तरकारी खेती पनि गरेका छन् । आफैले फ्रेस हाउस पनि चलाएका छन् । उनले टनेलमा गोलभेँडा, सिमी, बोडी, काक्रा लगायतका अन्य तरकारी उत्पादन गरेका छन् । कतारबाट फर्केका पौडेलले अहिले कुखुरापालन र तरकारी खेती गरेका छन् ।
झन्डै १५ लाखको लगानीमा उनले जहरे पोल्ट्री तथा कृषि फार्म सञ्चालन गरेका उनको खोरमा अहिले ६सय बोइलर र २ सय लेयर्स जात गरी ८ सय कुखुरा छन् । मासिक ६ हजार अण्डा उत्पादन गर्ने गरेका छन् ।
उनले पालेका कुखुराबाट एक महिनामा ६ हजार अण्डा उत्पादन हुन्छ। विदेशमा रहँदा ३० हजार रुपैयाँका लागि सङ्घर्ष गरेका गणेशले मासिक झन्डै ७० हजार रुपैयाँ बराबर त अण्डाको मात्र कारोबार गर्ने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
संसद पुनर्स्थापनापछि विजय र्याली
गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
hero news full width
मुख्य समाचार
काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७मुलुकभर दाहाल नेपाल नेपाल समूहकाे देशभर खुशीयाली सभा
फागुन १२, २०७७ओली समूहकाे स्थायी समिति बैठक: सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने
फागुन १२, २०७७कोरोनाको खोप : पहिलो चरणमा लक्ष्यको ८५ प्रतिशतले लगाए
फागुन १२, २०७७प्रधानमन्त्रीले बोलाए पार्टी स्थायी कमिटी बैठक
फागुन १२, २०७७