पोखरा, ६ चैत। नेपालको एकमात्र कविता गाउँ कास्कीको लुम्लेमा काव्यगोष्ठी हुने भएको छ।
कविता गाउँ लुम्लेको आयोजनामा १० औं स्थापना दिवस पारेर विविध साहित्यिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
संस्थाले सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पोखराबाट प्राज्ञ सदस्य चयन प्राज्ञलाई सम्मान, विद्यालयस्तरीय कविता प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय कवि गोष्ठी र विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको संस्थाका सचिव सुनिल देवकोटाले जानकारी दिए।
समितिले समारोह सफल पार्न संस्थाका अध्यक्ष चूडामणि देवकोटाको संयोजकत्वमा मूल आयोजक समितिसमेत गठन गरेको छ।
समितिले विद्यालयस्तरीय कविता प्रतियोगिताका लागि संस्थापक अध्यक्ष भक्तिराम देवकोटा र प्रदेशस्तरीय कवि गोष्ठीका लागि सचिव सुनिल देवकोटाको संयोजकत्वमा उपसमिति गठनसमेत गरेको छ।
स्मरण रहोस्, कवि तथा गीतकार विनोद गौचनको परिकल्पनामा २०६५ सालको चैत १५ गते विशेष समारोहका साथ लुम्लेलाई कविता गाउँ घोषणा गरिएको थियो।
कविता गाउँ घोषणापछि स्थापना भएको समितिले शुरुआती दिनमा हरेक वर्ष विविध वाङ्मयिक गतिविधि र चैतमा विशेष कार्यक्रमका साथ स्थापना दिवस मनाउँदै आएको छ। पछिल्लो समय विनोद गौचनको स्वर्गारोहणपछि पुस २० गते श्रद्धाञ्जली सभालगायत कार्यक्रम गर्दै आएको संस्थाका कोषाध्यक्ष खुसीमान गुरुङ बताउँछन्।
सिद्ध आधारभूत विद्यालय लुम्लेको प्राङ्गणमा चैत १६ मा सो कार्यक्रम हुनेछ। कार्यक्रमस्थल पुग्न पोखराको हरिचोकबाट बिहान १०:१५ बजे बसको समेत व्यवस्था गरिएको कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनका दाजु विश्वमोहन गौचनले बताए।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०