पोखरा, ६ चैत। शीतलादेवी नेवाः मिसा पुच पोखरा–१२ को पाँचौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।
प्रमुख अतिथि नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी भाषा, संस्कृतिको जगेर्नामा महिला जाग्नुपनेर्मा जोड दिए।
उनले पछिल्लो समय चाडपर्वका नाममा फजुल खर्च गर्ने बानी बढ्दै गइरहेको भन्दै अनावश्यक खर्च कटौती गरी सीप विकासमा खर्चनुपर्ने सुझाव दिए।
नेवाःमिसा पुच कास्कीका जिल्ला अध्यक्ष शान्ति उदासले महिलालाई घरभित्र मात्र सीमित नराखी विकासको काममा लाग्न पुरुषहरुले सहयोग गर्नुपर्ने बताइन्। कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्की, शीतलदेवी टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर गुरुङ, नेवाःकच खल पोखरा–१२ का अध्यक्ष शान्तकुमार श्रेष्ठ, समाजसेवी टीकाबहादुर कार्की, संस्थापक अध्यक्ष मायादेवी तझ्या, नेवाःमिसा पुच पोखरा–११ का अध्यक्ष सीता ढेवाजु लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सहभागीले आपसमा होलीको रंग दलेर शुभकामना साटासाट गरेका थिए।
कार्यक्रममा संस्थाका सचिव र कोषाध्यक्षको प्रतिवदन सर्वसम्मत पास गरिएको संस्थाका सचिव दुर्गा लिगल श्रेष्ठले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
पाेखरा महानगरका अस्थायी र सेवा करारका कर्मचारीलाई गाेल्डेन ह्यान्डसेक
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७