पोखरा, ६ चैत। कास्कीको रुपा गाउँपालिका वडा ६, मोहोरीयास्थित सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति गरिने भएको छ।
खेल मैदान स्तरोन्नतिका लागि रुपा गाउँपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको छ।
जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेल माध्यमबाट पर्यटनको विकासका साथै समृद्धिसँग जोडिनुपर्ने आवश्यकता औल्याए।
यस्तै, रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय स्थापनाका लागि समन्वय समितिको कोषबाट चार करोड रुपैयाँँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए।
खेलमैदान उपभोक्ता समितिका अध्यक्ष सन्दीप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवम् लोकप्रिय खेल भलिबल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो औल्याए।
गाउँपालिकाका केन्द्रमा रहेको सो भलिबल खेल मैदान फराकिलो वनाउने कार्य भई रहेको सिद्धार्थ क्लबका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिए।
सो अवसरमा भलिबलका क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा भलिबलका राष्ट्रिय टिम क्याप्टेन ईमबहादुर रानामगरलाई कदर गरिएको छ।
Related News
सम्बन्धित समाचार
पाेखरामा राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु
फुटबलको राष्ट्रिय टिम पोखरामा
गण्डकी प्रदेश प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो
क्यासल फुटसल कप हुने
व्यास अल्ट्रा म्याराथनको राशि बढ्यो
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७