मर्दी हिमाल ट्रेकिङमा गएका जापानीज नागरिकको भीरवाट खसेर मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७५
Mardi Himal-Hub-Himalaya

पोखरा, ६ चैत । कास्कीको माछापुच्छे गाउँपालिका– ९ मर्दी हिमालको भ्यू टावरवाट फर्कने क्रममा बुधवार एक जापानीज नागरिक भीरवाट खसेर मृत्यु भएको छ ।

पासपोर्ट न.TR2837904 भएका ६४ बर्षीय NAJASAWA  MAJAHSI  नाम गरेका पुरुष व्यक्ति वाटोमा चिप्लिएर भीरवाट खसेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । बुधवार विहान भीरवाट करिव ८०० मीटर तल खसेका जापानीजको शव हेलिकप्टरद्वार ल्उयाउने भनिएको भएपनि मौसमका कारण बुधवार हेलिकप्टर त्यहाँ पुग्न सकेको छैन ।

काठमाण्डौको हिमालय शेर्पा एडभान्चर कम्पनीवाट चार जापानीज नागरिक सहित दुई नेपाली गाईड गरी ६ जनाको टोली मर्दी हिमालको ट्रेकिङको लागि यही चैत १ गते त्यसतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकरी दिए ।

उक्त स्थानमा पुग्न कास्कीको माछापुच्छे गाउँपालिकावाट पैदल यात्रागरी तीन दिनमा उक्त घटनास्थलमा पुग्न सकिन्छ । घटनाको वारेमा जानकारी लिने काम जापानीज टोलीसँगै रहेकी गाईड पासाङ दावा शेर्पासँग भइरहेको जानकरी कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकराी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width