पोखरा–६ चैत । पोखरा– १९ का वडाध्यक्ष शोभामोहन पौडेललाई मातृशोक परेको छ ।
पोखरा महानगरपालिकाका सचेतक समेत रहेका पौडेलका ८२ वर्षिया आमा पार्वती पौडेलको मंगलबार अपरान्हृ आफ्नै निवास पोखरा–१६ दीपमा निधन भएको हो । लामो समयदेखि मुटु सम्वन्धी रोगबाट ग्रस्त पौडेल केही समयदेखि मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिइन् । उनको लामाचौरस्थित गोस्तेघाटमा अन्त्येष्टि गरिएको छ ।उनको शवमा जेठा छोरा शोभाखर पौडेलले दागबत्ती दिएका थिए ।
स्वर्गीय पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ,पुर्व मन्त्री एवं सांसद खगराज अधिकारी, गण्डकी प्रदेशका सांसद रामजी वराल, कुमार खड्का,पुष्पा के.सी भण्डारी, ने.क.पाका नेताहरु श्रीनाथ वराल, राजकाजी गुरुङ, चुडामणि जङ्गली, भीम कार्की लगायतले स्वर्गीय पौडेलको निवासमा पुगी अन्तिम श्रद्वाञ्जलि दिएका थिए ।
स्वर्गीय पौडेलका ९३ वर्षीय श्रीमान वलराम, २ छोरा शोभाखर, शोभामोहन छोरी रमा अधिकारी, २ वुहारी र ८ जना नाति नातिना छन् ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७