एक बर्ष भित्र छाउपडी मुक्त नगर

रासस
चैत्र ६, २०७५
Chhaupadi-sheds

डोटी, ६ चैत । डोटीको शिखर नगरपालिकालाई यसैबर्ष भित्र छाउपडी मुक्त नगर घोषणा गरिने भएको छ ।

उक्त नगरपालिकालाई छाउपडी मुक्त बनाउन गृहकार्य भइरहेको छ । फाया नेपालकोे आयोजनामा महिला सवालमा केन्द्रीत छलफल कार्यक्रममा नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिले यसै आर्थिक वर्षभित्र छाउपडी मुक्त नगर घोषणा गर्न समुदाय, विद्यालयस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी कार्ययोजना सहित अगाडि बढेका छन् ।

छाउपडी प्रथा एक सामाजिक कुरीति भएकाले यसको अन्त्यका लागि नगरपालिकाले विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको नगर प्रमुख जोशीले बताए । उनले भने– “हामी छाउपडी मुक्त नगरपालिका बनाउने अभियानमा छौँ, यो वर्ष्भित्रै छाउपडी मुक्त नगरपालिका हुनेछ ।”

सामाजिक कुरीतिसँग जोडेर विभेद् गरेका कारण महिलाले छाउपडीको शिकार हुनु परेको नगर उपप्रमुख धौलीदेवी रावलले बताइन् । पछिल्लो समय जिल्लाका शिखर नगरपालिका, बडिकेदार गाउँपालिका र दिपायल सिलगढी नगरपालिकामा फाया नेपालले हाम्रो नेतृत्व परियोजनाअन्तर्गत छाउपडी प्रथा, महिला अधिकार, महिला सहभागिताका क्षेत्रमा विभिन्न तालिम, गोष्ठी र वकालतका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width