दुर्घटनामा पुनमगरको मृत्यु एक घाइते

rss रासस
चैत्र ६, २०७५

धादिङ, ६ चैत । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधवार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८०८५ नंको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका–२३ का २० वर्षीय दीपक पुनमगर घाइते भएकामा उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । दुर्घटनामा सोही स्थान निवासी मोटरसाइकल चालक २१ वर्षीय सुरज अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रमुख समाचार

विस्फोटमा पर्दा श्रीलंकामा १३७ को मृत्यु