दुर्घटनामा श्रेष्ठको निधन

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७५
accident_truck_cart_218701

तनहूँ, चैत ६ । तनहुँको शुक्लागण्डकी–२ हलेदीमा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । मंगलबार राति ८ बजेतिर ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई बा ४ ख ७१० नम्बरको ट्रकले ठक्कर दिदाँ अर्घाखाँचीका नन्द कुमार श्रेष्ठको मृत्यु भएको छ ।

सडकमा रहेको खाल्डो छल्ने क्रममा ट्रकले ठक्कर दिएपछि गम्भिर घाईते श्रेष्ठलाई उपचारको लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

सडकको खाल्डो छल्न खोज्दा ट्रकको पछाडिको टायरले मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ तनहुँ ट्राफिक प्रहरी प्रमुख पूर्ण अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width