वार्तामा नआउँदा विप्लवमाथि प्रतिबन्ध– मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७५
p0007

पोखरा, ६ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव समूह वार्तामा नआउँदा सरकारले उनीहरुमाथि प्रतिबन्ध लगाएको बताएका छन्  ।

स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित तथा समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापित सामाजिक पत्रकारिता पुरस्कार २०७५ वाट भक्तपुर दधिकोटका अग्रज पत्रकार भैरव रिसाल र समाजसेवी सूर्यनाथ बरालद्वारा स्थापित पत्रकार महिला सम्मानवाट धरानकी पत्रकार मनिता राई (चाम्लिङ ) लाई बुधवार सम्मान गर्दै मुख्यमन्त्री गुरुङले भने– विप्लवलाई वार्तामा आउन सरकारको तर्फवाट अझैपनि ढोका खुला छ ।

विप्लव समूहले धम्कीको भाषामा चन्दा आतङ्क मच्चाएको र जिल्लाको सरकारी कार्यालयका प्रमुखलाई समेत कुल बजेटको पाँच प्रतिशत रकम चन्दा दिन धम्की दिनुको साथै उक्त समूहको धम्कीका कारण जिल्लामा बस्न र काम गर्न नसक्ने गुनासा प्रमुखहरुवाट आइरहेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

सरकारको दाहित्व चन्दा आतङ्क रोक्ने, समाजमा शान्ति सुरक्षा स्थापना गर्ने,नागरिकको सम्पत्ती, उद्योगी एवं लगानीकर्ताको सुरक्षा गर्ने दाहित्व सरकारको हो, तर उनीहरुले चन्दा आतङ्क मच्चाउने, टेलिकम टावरहरुमा आक्रमण गर्ने जस्ता कार्य गरेकै कारण विदेशी लगानीकर्ता समेत नेपालमा लगानी गर्न हच्किएको अवस्था सृजना भएपछि विप्लवका गतिविधिमाथि प्रतिवन्ध लगाउनु परेको हो, उनले भने– सुखी नेपाली र समृद्ध नेपालको नारा लिएर अगाडि वढेको वर्तमान सरकारले आफ्नै देशको पूँजीवाट त्यो सम्भव छैन, विदेशी लगानीकर्ता नेपाल ल्याउनका लागि देशमा लगानीमैत्री वातावरण सृजना गर्न शान्ति सुरक्षा पहिलो प्राथामिकतामा पर्छ ।

नयाँ संरचना स्थापनासँगै देशलाई विकास र समृद्धिमा अगाडि वढाउदै गर्दा पुन द्वन्द्व सृजना गरेर देशमा आतङ्क मच्चाउन खोज्नु गलत कार्य हो, पहिलो चरणमा प्रतिवन्ध मात्र लगाएका छौ, यदि उनको गतिविधि ध्वम्सात्मक हुदै गएभने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रयोग गर्नु पर्ने अवस्था पनि आउन सक्छ मुख्यमन्त्री गुरुङले भने– सुरक्षाकर्मी शान्ति सुरक्षा स्थापना गर्नकै लागि राखिएको हो ।

विप्लव समूहको प्रतिवन्धको बिषयलाई लिएर केही दलहरुले विप्लवसमूहलाई नै वल पुग्ने किसिमका अभिव्यक्ति दिनु गलत हो, उनले भने – द्वन्द्वमा लागेको एउटा पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर देशको विकासमा अगाडि वढिरहेको अवस्थामा अर्को द्वन्द्ध निम्तिन दिनु हुदैन ।

सीके राउतलाई राजनीतिक मूलधारमा ल्याउन सरकार सफल भएको छ, उनीहरु पार्टी नै खोलेर अगाडि वढेको छ, यदि उनीहरुले संविधान विपरित र सम्झौता विपरित काम गरेमा नियन्त्रण गर्न सरकारले सक्छ, उनले भने– सीके राउतका बारेमा पनि दलहरुवाट विवाद निम्त्याइराख्न उचित हुदैन ।

पुरस्कृत व्यत्तित्व भैरव रिसालले पत्रकारितावाट नै समाज परिवर्तन गर्न सकिने र लोकतन्त्र स्थापनामा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । नेपालमा विकास निर्मार्णका कार्य जुन रुपमा अगाडि वढ्नु पर्ने थियो त्यो रुपमा अगाडि वढ्न नसकेको वताउदै समयलाई वुझ्न नसक्दा नेपाली पछि परेको भनाई उनको थियो ।
सामाजिक पत्रकारिता पुरस्कारका संस्थापक लीलाभक्त आचार्यले स्वतन्त्र पत्रकारिताले नै समाजलाई सही वाटोमा लान सक्ने वताए ।

वरिष्ठ पत्रकार केशवराज पराजुलीले पार्टी पत्रकारितामा नभई स्वतन्त्र पत्रकारितामा लाग्न सम्पूर्ण पत्रकारलाई आग्रह गरे । पुरस्कार छनौट समितिका संयोजक एवं वरिष्ठ पत्रकार नारायण कार्कीले पुरस्कृत व्यतित्व भैरव रिसालका व्यतित्वको वारेमा प्रकाश पारेका थिए ।

त्यस्तै सम्मानित पत्रकार मनिता चाम्लिङले स्वतन्त्र पत्रकारिताको आन्दोलन आफूले धरानवाट सुरु गर्ने वताइन् । पुरस्कार छनौट समितिकी सदस्य पत्रकार दुर्गा अधिकारीले सम्मानित पत्रकार मनिता चाम्लिङको व्यतित्वको वारेमा प्रकाश पारेकी थिइन् ।

नेपाली काँग्रेसका नेता शोभियत अधिकारीले स्वतन्त्र पत्रकारिताको माध्यमवाट समाजलाइृ रुपान्तरण गर्न सुझाव दिएका थिए । उक्त पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद वस्तोलाले गरेका थिए भने स्वागत मन्तब्य महासचिव नवराज पहाडीले गरेका थिए । उक्त कार्यक्रममा एपी देवकोटा वोडिङ स्कुलका विद्यार्थीले नृत्य प्रस्तुल गरेका थिए भने कार्यक्रम संचालन शान्ति राणाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width