वरिष्ठ पत्रकार भैरव रिसाललाई सामाजिक पत्रकारिता पुरस्कार

आदर्श समाज संवाददाता
चैत्र ६, २०७५
Swatantra 1

पोखरा, ६ चैत । स्वतन्त्र पत्रकार संघ, नेपालले वरिष्ठ पत्रकार भैरव रिसाललाई सामाजिक पत्रकारिता पुरस्कार प्र्रदान गरेको छ । संघको आठौं वार्षिकोत्सवको अवसरका बुधबार पोखरामा आयोजित एक कार्यक्रमबीच रिसाललाई उक्त पुरस्कार वितरण गरेको हो ।

स्वतन्त्र पत्रकार संघ, नेपालद्धारा सञ्चालित र पोखराका समाजसेवी लिलाभक्त आचार्य र उनका परिवारद्धारा स्थापित पहिलो पुरस्कारबाट रिसाललाई प्रदान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर २५ हजार नगदसहित सम्मानपद्धारा रिसाललाई सम्मान गरेका हुन् ।

२०८५ साउन १९ गते भक्तपुरको तिथलीमा जन्मिएका रिसालले २०१३ देखि हालखबर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । ९१ वर्षको उमेरमा पनि पत्रकारिता र सामाजिक कार्यमा कृयाशील भैरव रिसाल वातावरण पत्रकारिताका अग्रज मानिन्छन् ।

पाँच वर्षअघि आचार्य परिवारद्धारा पुरस्कारका लागि ५ लाखको अक्षयकोष स्थापना गरेका थिए । पोखराका अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले रिसाललाई उक्त पुरस्कारका लागि चयन गरेको थियो । संयोजक कार्कीसहित स्वतन्त्र पत्रकार संघ, नेपालका अध्यक्ष कृष्णप्रसाद वास्तोला, महासचिव नवराज पहाडी, बुद्धिजीवी विश्वकल्याण पराजुली र पत्रकार दुर्गा अधिकारीसहितको ५ सदस्यीय प्रतिभा छनोट समिति गठन गरिएको थियो ।

मनिता चाम्लिङ राईलाई महिला पत्रकार सम्मान

त्यस्तै, स्वतन्त्र पत्रकार संघले समाजसेवी सूर्यनाथ उपाध्याय तथा परिवारद्धारा स्थापना गरेको महिला पत्रकारिता सम्मानबाट धरानकी महिला पत्रकार मनिता चाम्लिङ रार्ईलाई सम्मान ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोसल्ला ओढाएर ५ हजार नगदसहित सम्मानपत्रद्धारा सम्मान गरेका हुन् ।

सुनसरी जिल्लाको धरानमा जन्मिएकी पत्रकार मनिता चाम्लिङ राईले २०५३ देखि सिरेटो साप्ताहिकबाट पत्रकारिता शुरु गरेकी हुन् । यसअघि, उक्त पुरस्कारबाट दुर्गा अधिकारी र शिला गुरुङ सम्मानीत भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width